२०८२ कार्तिक २८
November 14, 2025, Friday

नेकपा माओवादी केन्द्रको महाधिवेशन कार्यतालिकामा हेरफेर

नेकपा माओवादी केन्द्रको महाधिवेशन कार्यतालिकामा हेरफेर

 

काठमाडौँ : नेकपा माओवादी केन्द्रले पार्टीको आगामी महाधिवेशनको कार्यतालिकामा केही हेरफेर गरेको छ । सोमबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले महाधिवेशनका केही कार्यतालिकामा हेरफेर गरेको हो ।

बैठकले सदस्यता नवीकरण गर्ने मितिलाई असोज मसान्तसम्म समय थप गर्ने निर्णय गरेको छ भने स्थानीय स्तरमा हुने वडा भेलाको बैठक कात्तिक १३ गते गर्ने र मङ्सिर ४ गते पालिकास्तरीय भेला गर्ने निर्णय गरेको स्थायी कमिटी सदस्य देव गुरुङले जानकारी दिए । स्थानीयस्तरको भेलाको समय सारे पनि प्रदेश सम्मेलन र राष्ट्रिय सम्मेलनको समय सारिएको छैन । माओवादी केन्द्रले आफ्नो राष्ट्रिय सम्मेलन पुस ११ गतेदेखि १३ गतेसम गर्ने निर्णय गरेको छ ।

त्यस्तै माओवादीले मन्त्रिपरिषद्लाई पूर्णता दिन देखिएको कानुनी जटिलतालाई अविलम्ब हल गरेर अगाडि बढ्न गठबन्धन बैठकमा छलफल गर्ने निर्णय गरेको छ । बैठकमा सरकारको पूर्णताको लागि कानुन, अध्यादेश तथा सर्वोच्च अदालतमा रहेको मुद्दाको विषयमा छलफल भएको स्थायी कमिटी सदस्य देव गुरुङले जानकारी दिए ।

 

Related News

अवकास भएका प्रहरी महानिरीक्षक खापुङलाई विदेश भ्रमणमा रोक
अवकास भएका प्रहरी महानिरीक्षक खापुङलाई विदेश भ्रमणमा रोक
  • २०७८ आश्विन ११

कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ गर्न बनेको आयोगले नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी)...

कुनैपनि स्वामित्वसमेत नरहेको खड्का ल्याण्डसँग बारम्बार नाम जोडेर चरित्रहत्या गरियो : दीपक खड्का
कुनैपनि स्वामित्वसमेत नरहेको खड्का ल्याण्डसँग बारम्बार नाम जोडेर चरित्रहत्या गरियो : दीपक खड्का
  • २०७८ आश्विन ११

कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं नेपाली कांग्रेसका नेता एवं पूर्वऊर्जामन्त्री दीपक खड्काले नेपाल स्काउटको जग्गामा रहेको खड्का ल्याण्ड डेभलपमेन्ट...

आज सुनचाँदीको मूल्य सामान्य घट्यो
आज सुनचाँदीको मूल्य सामान्य घट्यो
  • २०७८ आश्विन ११

कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । आज सुन ५ सयले घटेको हो...

TOP