पर्वत : धमाधम विद्यार्थी बिरामी पर्न थालेपछि कुश्मा नगरपालिका – ११ पकुवाको सिल्सीमा रहेका दुई विद्यालय बन्द गरिएको छ । स्थानीय विश्वज्योति प्राविधिक तथा व्यावसायिक मावि र रानीस्वाँरा प्रावि बन्द गरिएको हो ।
विगत एक सातादेखि ज्वरो, रुघाकोकी, टाउको दुख्ने, वान्ता हुनेजस्ता लक्षण देखिएकाले बन्द गरिएको विश्वज्योतिका प्रधानाध्यापक गणेश तिमिल्सिनाले जानकारी दिएका छन् । शुरुमा कक्षा ७ का विद्यार्थी बिरामी परेको र त्यसको एक सातापछि शनिबारदेखि अन्य कक्षाका विद्यार्थीसमेत बिरामी परेपछि अनिश्चितकालका लागि विद्यालय बन्द गरिएको तिमिल्सिनाको भनाइ छ ।
बालबालिका बिरामी पर्न थालेपछि स्थानीय रानीस्वाँर प्रावि पनि बन्द गरिएको छ । शुरुमा बिरामी परेका विद्यार्थी एक सातासम्म पनि निको भइनसकेका र अन्य विद्यार्थी पनि बिरामी पर्ने क्रम बढेपछि विद्यालय बन्द गर्नुको विकल्प नभएको हो । थप विद्यार्थीमा सङ्क्रमण नफैलियोस् भनेर विद्यालयमा पठनपाठन रोकिएको तिमल्सिनाको बताएका छन् ।
अहिले ५० जना विद्यार्थी बिरामी परेको र उनीहरुको पीसीआर परीक्षणका लागि स्वास्थ्यकर्मी बोलाइएको वडाध्यक्ष शिवप्रसाद पौडेलले बताए । भाइरल र कोरोनाको लक्षण उस्तैउस्तै भएकाले थप सजगता अपनाउन विद्यार्थीलाई भनिएको छ । उनीहरुले स्थानीय स्वास्थ्यचौकीमा स्वास्थ्य परीक्षण गरेर औषधि सेवन गरिरहेको प्राधाध्यापक तिमिल्सिनाले जानकारी दिए ।
जिल्लामा असोज १ देखि विद्यार्थीकै उपस्थितिमा पढाइ गरिएको थियो । जिल्लामा कोरोना सङ्क्रमण दर भने न्यून छ । अहिले जिल्लाभरमा सक्रिय सङ्क्रमितको सङ्ख्या सात रहेको र ७५सङ्क्रमितको मृत्यु भइसकेको छ ।
कोशीपारी अनलाइन संवाददाता कात्तिक १९, काठमाण्डौं आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत युनाइटेड अरब इमिरेट्स (यूएई) मा भएको त्रिदेशीय शृंखलामा...
कोशीपारी अनलाइन संवाददाता कात्तिक १९, काठमाण्डौं सुनसरी । जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीको आयोजना २५ दिने निःशुल्क ‘बरिष्टा...
कोशीपारी अनलाइन संवाददाता कात्तिक १९, बर्दिया बर्दियामा धान काट्न कम्पाइन हार्भेस्टरको ठक्करबाट एक साईकल यात्रीको मृत्यु भएको छ । मृत्यु...