२०८३ बैशाख ९
April 22, 2026, Wednesday

राष्ट्रसङ्घको ७६ औँ महासभामा भाग लिन अमेरिका पुगेका परराष्ट्रमन्त्री भेटवार्तामा व्यस्त

राष्ट्रसङ्घको ७६ औँ महासभामा भाग लिन अमेरिका पुगेका परराष्ट्रमन्त्री भेटवार्तामा व्यस्त

काडमाण्डौं : संयुक्त राष्ट्रसङ्घको ७६ औँ महासभामा भाग लिन अमेरिका गएका परराष्ट्रमन्त्री डा. नारायण खड्का भेटवार्तामा व्यस्त छन् । उनले हिजो बङ्गलादेशका विदेशमन्त्री एके अब्दुल मोमेनसँग भेटवार्ता गरे । उनीहरुबीच द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय सहयोग प्रवर्द्धनबारे कुराकानी भएको न्युयोर्कमा रहेको संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ ।

दुवै देशका विदेशमन्त्रीले विगतका सहमतिहरू कार्यान्वयन गर्न सहमति पनि जनाएका नियोगले जनाएको छ । हिजो नै मन्त्री खड्काले ७६ औँ महासभाका अध्यक्ष अब्दुल्ला शहिदसँग भेटवार्ता गरे । भेटमा मन्त्री खड्काले संयुक्त राष्ट्रसङ्घमा नेपालका प्राथमिकता, विश्व शान्ति, सुरक्षा, विकास, मानवअधिकार, राष्ट्रसङ्घीय शान्ति स्थापना कार्य तथा अल्पविकसित देशहरूका निम्ति विशेष सहयोगबारे छलफल गरेका हुन् । खड्काले महासभाका अध्यक्षलाई नेपालबाट पूर्ण समर्थन हुने प्रतिबद्धता पनि व्यक्त गरे । प्रत्युत्तरमा अध्यक्ष शहिदले आफ्नो कार्यकालमा संयुक्त राष्ट्रसङ्घमा आफ्ना प्राथमिकताबारे चर्चा गर्दै आफूलाई अध्यक्षमा नेपालबाट समर्थन भएकामा त्यसको सराहना गरे ।

 

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०७८ आश्विन १०

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०७८ आश्विन १०

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०७८ आश्विन १०

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP