२०८२ कार्तिक २५
November 11, 2025, Tuesday

कांग्रेसको पोखरा महानगर सभापतिमा विजुक्छे विजयी

कांग्रेसको पोखरा महानगर सभापतिमा विजुक्छे विजयी

 

पोखरा:नेपाली कांग्रेस पोखरा महानगर कार्यसमितिको सभापतिमा सुरेन्द्रमान विजुक्छे विजयी भएका छन् । शनिबार सम्पन्न निर्वाचनको मतपरिणाम अनुसार अन्य चार प्रतिस्पर्धीलाई पराजित गर्दै विजुक्छे सभापति बनेका हुन् । ४१४ मत ल्याउँदै उनी महानगर सभापतिमा विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी गगांधर पराजुलीले ३ सय ४६ मत ल्याए । पराजुली नेपाल पत्रकार महासंघको पूर्व उपाध्यक्ष समेत हुन् । देशकै ठूलो महानगर पोखराको सभापतिका लागि विजुक्छे र पराजुलीसहित रामराज लामिछाने, मिलन तिवारी, ज्योति हमाल र मोहनप्रसाद बास्तोला पनि प्रतिस्पर्धामा थिए ।

कांग्रेस पोखरा महानगर उपसभापतिमा प्रयागराज भण्डारी भवसागर बराल विजयी भएका छन् । सचिवमा टुवराज बास्तोला र गणेशबहादुर थापाले बाजी मारे । महानगरमा क्षेत्रीय प्रतिनिधि र वडा अध्यक्ष गरी १ हजार ३७० मतदाता थिए । त्यसमध्ये १ हजार ३४४ मत खसेको निर्वाचन अधिकृत आरसी विमलले जानकारी दिए ।

 

Related News

सरकारले भन्दा बढी काम चलचित्रकर्मीले गरेका छन् : सञ्चारमन्त्री
सरकारले भन्दा बढी काम चलचित्रकर्मीले गरेका छन् : सञ्चारमन्त्री
  • २०७८ आश्विन १०

कोशीपारी अनलाइन कात्तिक २४, काठमाण्डौं सुचना तथा सञ्चारमन्त्री जगदीश खरेलले कहिल्यै सरकारमा नभएता पनि सरकारले भन्दा बढी काम चलचित्रकर्मीले गरेको...

हात्तीको आक्रमणबाट ट्रक चालकको मृत्यु
हात्तीको आक्रमणबाट ट्रक चालकको मृत्यु
  • २०७८ आश्विन १०

कोशीपारी अनलाइन कात्तिक २४, काठमाण्डौं बारामा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्गको जितपुरसिमरा उपमहानगरपालिका–१६...

मेलम्ची खानेपानीको अवरोध हटाउन मन्त्री घिसिङद्वारा हेलम्बु गाउँपालिकालाई आग्रह
मेलम्ची खानेपानीको अवरोध हटाउन मन्त्री घिसिङद्वारा हेलम्बु गाउँपालिकालाई आग्रह
  • २०७८ आश्विन १०

कोशीपारी अनलाइन कात्तिक २४, काठमाण्डौं ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले मेलम्ची...

TOP