२०८३ बैशाख ९
April 22, 2026, Wednesday

कांग्रेसको पोखरा महानगर सभापतिमा विजुक्छे विजयी

कांग्रेसको पोखरा महानगर सभापतिमा विजुक्छे विजयी

 

पोखरा:नेपाली कांग्रेस पोखरा महानगर कार्यसमितिको सभापतिमा सुरेन्द्रमान विजुक्छे विजयी भएका छन् । शनिबार सम्पन्न निर्वाचनको मतपरिणाम अनुसार अन्य चार प्रतिस्पर्धीलाई पराजित गर्दै विजुक्छे सभापति बनेका हुन् । ४१४ मत ल्याउँदै उनी महानगर सभापतिमा विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी गगांधर पराजुलीले ३ सय ४६ मत ल्याए । पराजुली नेपाल पत्रकार महासंघको पूर्व उपाध्यक्ष समेत हुन् । देशकै ठूलो महानगर पोखराको सभापतिका लागि विजुक्छे र पराजुलीसहित रामराज लामिछाने, मिलन तिवारी, ज्योति हमाल र मोहनप्रसाद बास्तोला पनि प्रतिस्पर्धामा थिए ।

कांग्रेस पोखरा महानगर उपसभापतिमा प्रयागराज भण्डारी भवसागर बराल विजयी भएका छन् । सचिवमा टुवराज बास्तोला र गणेशबहादुर थापाले बाजी मारे । महानगरमा क्षेत्रीय प्रतिनिधि र वडा अध्यक्ष गरी १ हजार ३७० मतदाता थिए । त्यसमध्ये १ हजार ३४४ मत खसेको निर्वाचन अधिकृत आरसी विमलले जानकारी दिए ।

 

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०७८ आश्विन १०

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०७८ आश्विन १०

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०७८ आश्विन १०

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP