२०८२ कार्तिक २५
November 11, 2025, Tuesday

थप १,२३९ जनामा कोरोना संक्रमण पुष्टि, १३ जनाको मृत्यु

थप १,२३९ जनामा कोरोना संक्रमण पुष्टि, १३ जनाको मृत्यु

 

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा १ हजार २३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यस्तै सोही अवधिमा १३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ११ हजार ६२९ जनाको पीसीआर परीक्षणमा ९४१ र ३ हजार ६१४ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २९८ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १,३२४ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै निको हुने दर ९६ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २० हजार ७४३ रहेको छ । जसमध्ये १९ हजार ४३७ जना होम आइसोलेसनमा र १,३०६ जना संस्थागत आइसोलेसनमा छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये ३४० जना आईसीयूमा उपचाररत छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा २४५, ललितपुरमा १०७, झापामा ८६, मोरङमा ५६, भक्तपुरमा ५२ र कास्कीमा ४७ जना संक्रमित भेटिएका छन् ।

Related News

सरकारले भन्दा बढी काम चलचित्रकर्मीले गरेका छन् : सञ्चारमन्त्री
सरकारले भन्दा बढी काम चलचित्रकर्मीले गरेका छन् : सञ्चारमन्त्री
  • २०७८ आश्विन ७

कोशीपारी अनलाइन कात्तिक २४, काठमाण्डौं सुचना तथा सञ्चारमन्त्री जगदीश खरेलले कहिल्यै सरकारमा नभएता पनि सरकारले भन्दा बढी काम चलचित्रकर्मीले गरेको...

हात्तीको आक्रमणबाट ट्रक चालकको मृत्यु
हात्तीको आक्रमणबाट ट्रक चालकको मृत्यु
  • २०७८ आश्विन ७

कोशीपारी अनलाइन कात्तिक २४, काठमाण्डौं बारामा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्गको जितपुरसिमरा उपमहानगरपालिका–१६...

मेलम्ची खानेपानीको अवरोध हटाउन मन्त्री घिसिङद्वारा हेलम्बु गाउँपालिकालाई आग्रह
मेलम्ची खानेपानीको अवरोध हटाउन मन्त्री घिसिङद्वारा हेलम्बु गाउँपालिकालाई आग्रह
  • २०७८ आश्विन ७

कोशीपारी अनलाइन कात्तिक २४, काठमाण्डौं ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले मेलम्ची...

TOP