२०८२ फाल्गुन २८
March 12, 2026, Thursday

थप १,२३९ जनामा कोरोना संक्रमण पुष्टि, १३ जनाको मृत्यु

थप १,२३९ जनामा कोरोना संक्रमण पुष्टि, १३ जनाको मृत्यु

 

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा १ हजार २३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यस्तै सोही अवधिमा १३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ११ हजार ६२९ जनाको पीसीआर परीक्षणमा ९४१ र ३ हजार ६१४ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २९८ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १,३२४ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै निको हुने दर ९६ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २० हजार ७४३ रहेको छ । जसमध्ये १९ हजार ४३७ जना होम आइसोलेसनमा र १,३०६ जना संस्थागत आइसोलेसनमा छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये ३४० जना आईसीयूमा उपचाररत छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा २४५, ललितपुरमा १०७, झापामा ८६, मोरङमा ५६, भक्तपुरमा ५२ र कास्कीमा ४७ जना संक्रमित भेटिएका छन् ।

Related News

राष्ट्रिय सभा अध्यक्ष दाहालद्वारा निर्माणाधीन संसद भवनको अनुगमन
राष्ट्रिय सभा अध्यक्ष दाहालद्वारा निर्माणाधीन संसद भवनको अनुगमन
  • २०७८ आश्विन ७

कोशीपारी अनलाइन फागुन २८, काठमाण्डौं राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले निर्माणाधीन संघीय संसद भवनको आकस्मिक अनुगमन गरेका छन् ।...

नेप्से २३.८७ अंकले बढ्यो, कारोबार रकम १४ अर्ब नाघ्यो
नेप्से २३.८७ अंकले बढ्यो, कारोबार रकम १४ अर्ब नाघ्यो
  • २०७८ आश्विन ७

कोशीपारी अनलाइन फागुन २८, काठमाण्डौं साताको अन्तिम कारोबार दिन नेप्से परिसुचक बढेर बन्द भएको छ । अघिल्ला दुई कारोबार दिन...

त्रिशूलीमा ५०औं अन्तर्राष्ट्रिय राफ्टिङ महोत्सव सम्पन्न, जल पर्यटन प्रवद्र्धन र नदी संरक्षणमा जोड
त्रिशूलीमा ५०औं अन्तर्राष्ट्रिय राफ्टिङ महोत्सव सम्पन्न, जल पर्यटन प्रवद्र्धन र नदी संरक्षणमा जोड
  • २०७८ आश्विन ७

कोशीपारी अनलाइन फागुन २८, काठमाण्डौं नेपालको साहसिक तथा नदीमा आधारित पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको ५०औँ अन्तर्राष्ट्रिय ह्वाइटवाटर राफ्टिङ...

TOP