२०८३ बैशाख ५
April 18, 2026, Saturday

वायु प्रदूषणले वार्षिक ७० लाख व्यक्तिको अल्पायुमै मृत्यु : विश्व स्वास्थ्य संगठन

वायु प्रदूषणले वार्षिक ७० लाख व्यक्तिको अल्पायुमै मृत्यु : विश्व स्वास्थ्य संगठन

जेनेभा : विश्व स्वास्थ्य संगठनले विश्वमा मानिसको अल्पायुमै मृत्यु हुनुमा वायु प्रदूषण प्रमुख कारकको रुपमा रहेको दाबी गरेको छ । वायु प्रदूषण अहिले मानव स्वास्थ्यका लागि सबैभन्दा ठूलो वातावरणीय खतरा भएको भन्दै एक वर्षमा ७० लाख अल्पायुमा मृत्यु हुने विश्व स्वास्थ्य संगठन डब्लुएचओले बुधबार जानकारी गराएको हो ।

त्यसैगरी दक्षिणपूर्वी एसियामा २० लाख मानिसको मृत्यु वायु प्रदूषणले हुने गरेको तथ्यांकले देखाएको छ । संगठनले वायु प्रदूषणको जोखिम कम गर्न तत्काल कदम चाल्नु आवश्यक भएको प्रति जोड दिँदै मानव स्वासप्रश्वासमा देखिने अन्य समस्यामा धूम्रपान र अस्वास्थ्यकर भोजनसँग सम्बन्धित रहेको बताएको छ । संयुक्त राष्टङसंघीय स्वास्थ्य निकायले सन् २००५ मा अन्तिम पटक वायु गुणस्तरसम्बन्धी दिशानिर्देश एक्युजी जारी गरेको थियो, जसले विश्वभरि प्रदूषण कम गर्ने नीतिहरूमा उल्लेखनीय प्रभाव पारेको छ तथापि विश्व स्वास्थ्य संगठनले १६ वर्षभित्रमा वायु प्रदूषणले पहिले भन्दा कम मात्रामा स्वास्थ्यमा कस्तो असर पार्छ भन्ने कुरा देखाउँदै अझ बलियो प्रमाणहरू देखा परेको कुरा उल्लेख गरेको छ ।

यसको परिणामस्वरूप मुख्यतया मुटु र श्वासप्रश्वाससम्बन्धी समस्या हुन्छ तर अन्य अंगहरूलाई पनि असर गर्ने डब्लुएचओले बताएको छ । सन् २०१९ मा, विश्व जनसंख्याको ९० प्रतिशत भन्दा बढी मानिसहरू लामो समयसम्म पीएम २.५ को जोखिमका लागि २००५ एकक्यूजी भन्दा बढी भएको क्षेत्रमा बसोबास गर्थे । दक्षिणपूर्वी एसिया वायु प्रदुषका कारण सबैभन्दा बढी प्रभावित क्षेत्र हो ।

बालबालिकामा वायु प्रदूषणले फोक्सोको विकासमा कमी गराउनुका साथै श्वासप्रश्वासका संक्रमण तथा आस्थमाका समस्या पनि ल्याउन सक्छ। त्यसैगरी वयस्कमा यसले मुटुका समस्या तथा स्ट्रोक गराउन सक्छ । त्यसैगरी यसले मधुमेहका समस्या तथा नसासम्बन्धी समस्या गराउन सक्ने संगठन बताउँछ ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०७८ आश्विन ७

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०७८ आश्विन ७

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०७८ आश्विन ७

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP