जेनेभा : विश्व स्वास्थ्य संगठनले विश्वमा मानिसको अल्पायुमै मृत्यु हुनुमा वायु प्रदूषण प्रमुख कारकको रुपमा रहेको दाबी गरेको छ । वायु प्रदूषण अहिले मानव स्वास्थ्यका लागि सबैभन्दा ठूलो वातावरणीय खतरा भएको भन्दै एक वर्षमा ७० लाख अल्पायुमा मृत्यु हुने विश्व स्वास्थ्य संगठन डब्लुएचओले बुधबार जानकारी गराएको हो ।
त्यसैगरी दक्षिणपूर्वी एसियामा २० लाख मानिसको मृत्यु वायु प्रदूषणले हुने गरेको तथ्यांकले देखाएको छ । संगठनले वायु प्रदूषणको जोखिम कम गर्न तत्काल कदम चाल्नु आवश्यक भएको प्रति जोड दिँदै मानव स्वासप्रश्वासमा देखिने अन्य समस्यामा धूम्रपान र अस्वास्थ्यकर भोजनसँग सम्बन्धित रहेको बताएको छ । संयुक्त राष्टङसंघीय स्वास्थ्य निकायले सन् २००५ मा अन्तिम पटक वायु गुणस्तरसम्बन्धी दिशानिर्देश एक्युजी जारी गरेको थियो, जसले विश्वभरि प्रदूषण कम गर्ने नीतिहरूमा उल्लेखनीय प्रभाव पारेको छ तथापि विश्व स्वास्थ्य संगठनले १६ वर्षभित्रमा वायु प्रदूषणले पहिले भन्दा कम मात्रामा स्वास्थ्यमा कस्तो असर पार्छ भन्ने कुरा देखाउँदै अझ बलियो प्रमाणहरू देखा परेको कुरा उल्लेख गरेको छ ।
यसको परिणामस्वरूप मुख्यतया मुटु र श्वासप्रश्वाससम्बन्धी समस्या हुन्छ तर अन्य अंगहरूलाई पनि असर गर्ने डब्लुएचओले बताएको छ । सन् २०१९ मा, विश्व जनसंख्याको ९० प्रतिशत भन्दा बढी मानिसहरू लामो समयसम्म पीएम २.५ को जोखिमका लागि २००५ एकक्यूजी भन्दा बढी भएको क्षेत्रमा बसोबास गर्थे । दक्षिणपूर्वी एसिया वायु प्रदुषका कारण सबैभन्दा बढी प्रभावित क्षेत्र हो ।
बालबालिकामा वायु प्रदूषणले फोक्सोको विकासमा कमी गराउनुका साथै श्वासप्रश्वासका संक्रमण तथा आस्थमाका समस्या पनि ल्याउन सक्छ। त्यसैगरी वयस्कमा यसले मुटुका समस्या तथा स्ट्रोक गराउन सक्छ । त्यसैगरी यसले मधुमेहका समस्या तथा नसासम्बन्धी समस्या गराउन सक्ने संगठन बताउँछ ।
कोशीपारी अनलाइन कात्तिक २४, काठमाण्डौं सुचना तथा सञ्चारमन्त्री जगदीश खरेलले कहिल्यै सरकारमा नभएता पनि सरकारले भन्दा बढी काम चलचित्रकर्मीले गरेको...
कोशीपारी अनलाइन कात्तिक २४, काठमाण्डौं बारामा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्गको जितपुरसिमरा उपमहानगरपालिका–१६...
कोशीपारी अनलाइन कात्तिक २४, काठमाण्डौं ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले मेलम्ची...