काठमाण्डौं : सरकारले काठमाडौं उपत्यकामा चाडपर्व लक्षित बजार अनुगमन सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालयको संयोजनमा सबै नियमनकारी निकायका अधिकारी सम्मिलित टोलीले अनुगमन सुरु गरेको हो ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलले चाडपर्वलाई लक्षित गरेर आजबाट बजार अनुगमन सुरु गरिएको बताउनुभयो । अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय, वाणिज्य विभाग, खाद्य गुणस्तर विभाग, औषधि विभागलगायतका प्रतिनिधिहरु छन् । सो टोलीले खाद्यान्न, मासु, तरकारी, औषधि लगायत विभिन्न पसलहरुको अनुमगन गर्ने छ । अनुगमनको क्रममा कैफियत भेटिए कानुन बमोजिम कारबाही हुने महानिर्देशक पौडेलले बताउनुभएको छ । काठमाडौं उपत्यकासहित सबै जिल्लाहरुमा पनि केन्द्रबाट अनुगमन टोली खटाउने योजना वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बनाएको छ ।
महानगरपालिकाले चाडपर्वको बेला उपभोक्तामाथि हुनसक्ने ठगी नियन्त्रणको लागि बजार अनुगमन सुरु गरिएको जनाएको छ । चाडपर्वको बेला धेरै कारोबार हुने मासु, चिनी, दालचामसहितका खाद्यान्न, लत्ताकपडा, मसला लगायतका बस्तुलाई केन्द्रीत गरेर बजार अनुगमन गरिने स्थानीय प्रशासनले जनाएको छ । चाडपर्वको मौका छोपेर दैनिक उपभोग्य वस्तुमा हुनसक्ने कालोबजारीलाई नियन्त्रण गर्न बजार अनुगमन गर्न लागिएको हो। अनुगमन टोलीले आवश्यकताअनुसार सहुलियत पसलसहित विभिन्न क्षेत्रमा अनुगमन गर्नेछ ।
कोशीपारी अनलाइन कात्तिक २४, काठमाण्डौं सुचना तथा सञ्चारमन्त्री जगदीश खरेलले कहिल्यै सरकारमा नभएता पनि सरकारले भन्दा बढी काम चलचित्रकर्मीले गरेको...
कोशीपारी अनलाइन कात्तिक २४, काठमाण्डौं बारामा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्गको जितपुरसिमरा उपमहानगरपालिका–१६...
कोशीपारी अनलाइन कात्तिक २४, काठमाण्डौं ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले मेलम्ची...