२०८२ फाल्गुन २५
March 9, 2026, Monday

उपत्यकामा आजदेखि चाडपर्व लक्षित बजार अनुगमन सुरु

उपत्यकामा आजदेखि चाडपर्व लक्षित बजार अनुगमन सुरु

 

काठमाण्डौं : सरकारले काठमाडौं उपत्यकामा चाडपर्व लक्षित बजार अनुगमन सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालयको संयोजनमा सबै नियमनकारी निकायका अधिकारी सम्मिलित टोलीले अनुगमन सुरु गरेको हो ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलले चाडपर्वलाई लक्षित गरेर आजबाट बजार अनुगमन सुरु गरिएको बताउनुभयो । अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय, वाणिज्य विभाग, खाद्य गुणस्तर विभाग, औषधि विभागलगायतका प्रतिनिधिहरु छन् । सो टोलीले खाद्यान्न, मासु, तरकारी, औषधि लगायत विभिन्न पसलहरुको अनुमगन गर्ने छ । अनुगमनको क्रममा कैफियत भेटिए कानुन बमोजिम कारबाही हुने महानिर्देशक पौडेलले बताउनुभएको छ । काठमाडौं उपत्यकासहित सबै जिल्लाहरुमा पनि केन्द्रबाट अनुगमन टोली खटाउने योजना वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बनाएको छ ।

महानगरपालिकाले चाडपर्वको बेला उपभोक्तामाथि हुनसक्ने ठगी नियन्त्रणको लागि बजार अनुगमन सुरु गरिएको जनाएको छ । चाडपर्वको बेला धेरै कारोबार हुने मासु, चिनी, दालचामसहितका खाद्यान्न, लत्ताकपडा, मसला लगायतका बस्तुलाई केन्द्रीत गरेर बजार अनुगमन गरिने स्थानीय प्रशासनले जनाएको छ । चाडपर्वको मौका छोपेर दैनिक उपभोग्य वस्तुमा हुनसक्ने कालोबजारीलाई नियन्त्रण गर्न बजार अनुगमन गर्न लागिएको हो। अनुगमन टोलीले आवश्यकताअनुसार सहुलियत पसलसहित विभिन्न क्षेत्रमा अनुगमन गर्नेछ ।

 

 

 

Related News

सर्लाही–४ मा हारपछि गगन थापाले दिए अमरेश सिंहलाई शुभकामना
सर्लाही–४ मा हारपछि गगन थापाले दिए अमरेश सिंहलाई शुभकामना
  • २०७८ आश्विन ७

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं सर्लाही–४ मा पराजित भएपछि नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीकाबाट विजयी भएका...

कार्की आयोगले प्रतिवेदन बुझाउँदै भन्यो : ‘आवश्यक कारबाही वा पुरस्कृत गर्ने काम सरकारको हो’
कार्की आयोगले प्रतिवेदन बुझाउँदै भन्यो : ‘आवश्यक कारबाही वा पुरस्कृत गर्ने काम सरकारको हो’
  • २०७८ आश्विन ७

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं जेन–जी आन्दोलन घटना जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनको टोलीसहित आयोग अध्यक्ष गौरीबहादुर...

महिला वर्तमान र भविष्य दुवै हुन् : सुनिता डंगोल
महिला वर्तमान र भविष्य दुवै हुन् : सुनिता डंगोल
  • २०७८ आश्विन ७

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महिला केवल भविष्य मात्र नभई वर्तमान पनि भएको बताएकी...

TOP