२०८३ बैशाख ३
April 16, 2026, Thursday

‘खेलाडीले उत्कृष्ट नतिजा ल्याउन प्रशिक्षकले राम्रो प्रशिक्षण निरन्तर दिन आवश्यक छ’ : मन्त्री राजिब गुरुङ

‘खेलाडीले उत्कृष्ट नतिजा ल्याउन प्रशिक्षकले राम्रो प्रशिक्षण निरन्तर दिन आवश्यक छ’ : मन्त्री राजिब गुरुङ

 

पोखरा : खेलाडीलाई राम्रो प्रशिक्षण प्रदान गरेर उत्कृष्ट नतिजा ल्याउन प्रशिक्षकहरुलाई कुनै कुरामा कमी नहुने गरि काम अगाडी बढेको गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री राजिब गुरुङले बताएका छ्न । कास्की जिल्ला बास्केटबल संघको आयोजनामा सम्मान तथा अन्तरक्रिया कार्यक्रममा मन्त्री गुरुङले खेलाडीले उत्कृष्ट नतिजा ल्याउन प्रशिक्षकले राम्रो प्रशिक्षण दिनुपर्ने वताए ।

बास्केटबलमा कास्की जिल्लाबाट राम्रा र उत्कृष्ट खेलाडी उत्पादन गर्न संघलाई आवश्यक सहयोग गर्ने मन्त्री गुरुङले बताएका छ्न । युवा तथा खेलकुद मन्त्री गुरुङ्गलाई जिल्ला बास्केटबल संघका तर्फबाट सम्मान गरिएको कार्यक्रममा मन्त्रालयले सबै विधाका खेलाडीलाई प्रोत्साहन गर्ने काम भएकोले अब हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा गण्डकी प्रदेशका खेलाडीले राम्रो नतिजा ल्याउने मन्त्री गुरुङले बिश्वास व्यक्त गरेका छ्न । गण्डकी प्रदेशका सम्पुर्ण जिल्लाका बास्केटबल खेलाडीहरुका बिच समय समयमा बास्केटबल प्रतियोगिता राखेर खेलाडीको प्रस्तुतिलाई बाहिर ल्याउनु पर्ने बताउदै मन्त्री गुरुङले कास्की जिल्ला बास्केटबल संघले जिल्लामा बास्केटबललाई अझ राम्रो र उत्कृष्ट बनाउन कसरी सकिन्छ भन्ने विषयमा जोड दिनुपर्ने बताए । युवा तथा खेलकुद मन्त्रालयले विशेष कार्यक्रम युवा, खेलाडीहरुलाइ लक्षित गरेर ल्याउने योजना रहेको जानकारी गराउदै मन्त्री गुरुङले युवाहरुलाइ स्वरोजगार बनाउने लक्ष्यका साथ युवा स्वरोजगार कार्यक्रम ल्याएको बताए । सामुहिक लगानी गर्ने उदेश्य राख्ने युवा उद्यमीहरुलाई स्वरोजगार कार्यक्रमले सहयोग गर्ने बताए । खेलाडीले खेल्नलाई राम्रो खेलमैदानको आवश्यक हुने हुदा मन्त्रालयले सम्भव भएसम्म खेलमैदानको भौतिक निर्माण कार्यलाई समेत प्राथमिकतामा राखेर काम गरेको बताउदै मन्त्री गुरुङले सबै जिल्लामा बास्केटबल कोर्ट निर्माण गरेर बास्केटबल खेललाई प्रदेशका गाउँ गाउँमा समेत बिस्तार गर्ने तयारी रहेको जनाए ।

प्रदेश खेलकुद परिषदका उपाध्यक्ष तथा कास्की जिल्ला बास्केटबल संघका अध्यक्ष धोज कुमार गुरुङको सभापतित्वमा भएका कार्यक्रममा गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेज बहादुर गुरुङलाई समेत सम्मान गरिएको थियो ।सम्मान ग्रहण गर्दै सदस्य सचिब गुरुङले प्रदेशले सबै खेललाई बराबर सहयोग गरि प्रदेशमा सबै खेलको विकास गर्ने लक्ष्यअनुसार प्रदेश खेलकुद परिषदले काम अगाडि बढाएको बताउदै सम्पुर्ण खेल क्षेत्रमा देखिएका समस्याहरुको बिस्तारै समाधान हुने बताए । बास्केटबल संघका पदाधिकारी तथा बास्केटबलका प्रशिक्षक तथा खेलाडीको उपस्थितिमा भएको कार्यक्रममा खेलाडीहरुले बास्केटबल कोटको स्तर उन्नति तथा नयाँ बास्केटबल कोर्ट निर्माण सहित खेल सामाग्री समेत मन्त्रालयले सहयोग गर्ने तयारी गरेको सुनेर धेरै हौसला मिलेको बताएका थिए ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०७८ आश्विन ७

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०७८ आश्विन ७

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०७८ आश्विन ७

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP