२०८२ कार्तिक २८
November 14, 2025, Friday

आन्दोलित प्राध्यापकलाई वार्तामा आउन मध्यपश्चिम विश्वविद्यालयको ‘अल्टिमेटम’

आन्दोलित प्राध्यापकलाई वार्तामा आउन मध्यपश्चिम विश्वविद्यालयको ‘अल्टिमेटम’

काठमाडौँ:  मध्यपश्चिम विश्वविद्यालयले लामो समयदेखिको तालाबन्दीका कारण कार्यसम्पादन प्रभावित भएको भन्दै आन्दोलित प्राध्यापक सङ्गठनलाई वार्तामा आउन आग्रह गरेको छ । विश्वविद्यालयले मङ्गलबार साँझ विज्ञप्ति जारी गर्दै आन्दोलित पक्षलाई आज साँझसम्म वार्तामा आउन आग्रह गरेको हो ।

विश्वविद्यालयले तालाबन्दीका कारण विद्यार्थी सङ्गठनसँग भएका सहमति कार्यान्वयन गर्न, एघारौँ सभासम्बन्धी तयारी गर्न, बजेट निकासा र खर्चको प्रक्रिया एवं दैनिक प्रशासनिक कार्यसञ्चालन गर्न अवरोध पुगेको जनाएको छ । विश्वविद्यालयद्वारा गठित उच्चस्तरीय वार्ता समिति र प्राध्यापक सङ्गठनबीच पटक–पटक वार्ता भए पनि सहमति हुनसकेको थिएन । विश्वविद्यालयले निष्काशित गरेका दुई प्राध्यापकलाई पुनःवहालीको माग गरी प्रजातन्त्रवादी प्राध्यापक सङ्घ, नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठन र आंशिक प्राध्यापक सङ्गठन आन्दोलित छन् ।

विश्वविद्यालयले आज साँझसम्म वार्तामा नआए आफैँ ताला खोल्ने चेतावनी दिएको छ । “लामो समयसम्म तालाबन्दीको अवस्थामा राख्न नसकिने हुँदा लगाइएको ताला खोली विश्वविद्यालय प्रशासन दैनिक कार्यसम्पादन गर्न बाध्य हुने अवगत गराउँछौँ”, रजिष्ट्रार प्रा. डा.नारायणप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “विश्वविद्यालयमा देखिएका समस्यालाई वार्ता र सहमतिबाट समाधान गर्न विश्वविद्यालय नेतृत्व सदैव तयार छ ।”

Related News

अवकास भएका प्रहरी महानिरीक्षक खापुङलाई विदेश भ्रमणमा रोक
अवकास भएका प्रहरी महानिरीक्षक खापुङलाई विदेश भ्रमणमा रोक
  • २०७८ आश्विन ६

कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ गर्न बनेको आयोगले नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी)...

कुनैपनि स्वामित्वसमेत नरहेको खड्का ल्याण्डसँग बारम्बार नाम जोडेर चरित्रहत्या गरियो : दीपक खड्का
कुनैपनि स्वामित्वसमेत नरहेको खड्का ल्याण्डसँग बारम्बार नाम जोडेर चरित्रहत्या गरियो : दीपक खड्का
  • २०७८ आश्विन ६

कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं नेपाली कांग्रेसका नेता एवं पूर्वऊर्जामन्त्री दीपक खड्काले नेपाल स्काउटको जग्गामा रहेको खड्का ल्याण्ड डेभलपमेन्ट...

बिहीबार सुनचाँदी कतिमा हुँदैछ कारोबार ?
बिहीबार सुनचाँदी कतिमा हुँदैछ कारोबार ?
  • २०७८ आश्विन ६

कोशीपारी अनलाइन कात्तिक २७, काठमाण्डौं नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । आज सुन ५ हजार ९ सयले बढेको...

TOP