काठमाडौँ: परराष्ट्रमन्त्री नारायण खड्काले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा खड्कालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् ।
संयुक्त राष्ट्रसंघको महासभामा उपस्थित परराष्ट्रमन्त्रीको नेतृत्वमा टोली पठाउनुपर्ने भएपछि सत्ता गठबन्धनले मंगलबार बेलुकी परराष्ट्रमन्त्री नियुक्त गर्ने निर्णय गरेसँगै बुधबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवाले खड्कालाई मन्त्री नियुक्त गर्न सिफारिस गरेका थिए ।
राष्ट्रपति भण्डारीले खड्कालाई मन्त्री नियुक्त गर्दै परराष्ट्रमन्त्रीको कार्यभार सुम्पिएकी हुन्। उदयपुर क्षेत्र नं १ बाट निर्वाचित खड्का कांग्रेसको केन्द्रीय सदस्य तथा परराष्ट्र विभागका प्रमुखसमेत हुन् ।
कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ गर्न बनेको आयोगले नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी)...
कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं नेपाली कांग्रेसका नेता एवं पूर्वऊर्जामन्त्री दीपक खड्काले नेपाल स्काउटको जग्गामा रहेको खड्का ल्याण्ड डेभलपमेन्ट...
कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । आज सुन ५ सयले घटेको हो...