काठमाडौं : बागमती प्रदेशको काठमाडौं जिल्ला सहित ३ जिल्लामा आज नेपाली काँग्रेसको वडा अधिवेशन हुँदैछ । संघीय राजधानी रहेको काठमाडौं जिल्लासहित सिन्धुपाल्चोक र काभ्रेमा मंगलबार बिहानैदेखि काँग्रेसको वडा अधिवेशन सुरु भएको हो । गत भदौ १८ गतेदेखि २३ गतेसम्म तोकिएको वडा अधिवेशन क्रियाशील सदस्य विवादका कारण केही ढिला गरी सुरु गरिएको हो ।
कांग्रेस काठमाडौं जिल्ला सभापति सबुज बानियाँले पार्टीको केन्द्रीय निर्वाचन समितिले क्रियाशील सदस्यता टुंगो लगाएर जिल्लालाई पठाइसकेकाले आज वडा अधिवेशन गर्न लागेको जानकारी दिए । काठमाडौंमा १० निर्वाचन क्षेत्र र २० प्रदेश निर्वाचन क्षेत्र छन् । काठमाडौं महानगरपालिकासहित ११ स्थानीय तह रहेको काठमाडौंमा १३८ वडा छन् । काठमाडौंमा कांग्रेसका ३० हजारभन्दा बढी क्रियाशील सदस्यहरु छन् । सबैभन्दा धेरै निर्वाचन क्षेत्र र क्रियाशील सदस्यता रहेको काठमाडौंको वडा अधिवेशनलाई महत्वका साथ हेरिन्छ ।
कांग्रेसले गाउँरनगरपालिका अधिवेशन असोज ९ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १२ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनरएक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १५ गते निर्धारण गरेको छ । त्यस्तै एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १८ गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मंसिर ९ देखि १३ गतेसम्म तय गरिएको छ ।
कोशीपारी अनलाइन संवाददाता कात्तिक १९, काठमाण्डौं आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत युनाइटेड अरब इमिरेट्स (यूएई) मा भएको त्रिदेशीय शृंखलामा...
कोशीपारी अनलाइन संवाददाता कात्तिक १९, काठमाण्डौं सुनसरी । जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीको आयोजना २५ दिने निःशुल्क ‘बरिष्टा...
कोशीपारी अनलाइन संवाददाता कात्तिक १९, बर्दिया बर्दियामा धान काट्न कम्पाइन हार्भेस्टरको ठक्करबाट एक साईकल यात्रीको मृत्यु भएको छ । मृत्यु...