२०८३ बैशाख ५
April 18, 2026, Saturday

महिला एसियन कप छनोट:३२ वर्षपछि नेपालले हङकङसँग खेल्दै

महिला एसियन कप छनोट:३२ वर्षपछि नेपालले हङकङसँग खेल्दै

 

काठमाडौँ : नेपाली राष्ट्रिय महिला फुटबल टिमले सन् १९८६ मा हङकङमा भएको एफसी वुमेन्स च्याम्पियनसिपमार्फत अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेको थियो । पहिलो खेल थियो हङकङविरुद्ध । जहाँ नेपाली टिम १–० ले हारेको थियो । सन् १९८९ को च्याम्पियनसिपमा हङकङले नेपाललाई ३–० ले हरायो । यी दुई टिम ३२ वर्षपछि मंगलबार उज्वेकिस्तानको तास्केन्दस्थित जेएआर रंगशालामा प्रतिस्पर्धा गर्दैछन् । खेल नेपाली समयअनुसार ३:४५ बजे सुरु हुनेछ ।

चौथो पटक महिला एसियन कप खेल्ने लक्ष्यसहित उज्वेकिस्तान पुगेको नेपाली राष्ट्रिय महिला फुटबल टिम पहिलो खेलमै फिलिपिन्ससँग पराजित भएपछि सुरुमै धक्का लाग्यो । समूह एफ अन्तर्गत त्यस खेलमा नेपालले सुरुमै अग्रता लिए पनि अन्तिममा समहाल्नि नसक्दा दुई गोल बेहोरेको थियो । तीन टिम मात्र सम्मिलित समूहमा नेपालले आज हङकङसँग खेल्ने भएको छ । समूह विजेता मात्र अर्को वर्षको एसियन कपकमा छनोट हुने भएकोले नेपालको लागि आजको खेल महत्वपूर्ण छ ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०७८ आश्विन ५

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०७८ आश्विन ५

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०७८ आश्विन ५

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP