काठमाण्डौं : सोमबार देशभर १ हजार ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको भएको छ । त्यस्तै सोहि अवधिमा देशभर थप ८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
१३ हजार ८१७ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ९७५ तथा एन्टिजेन विधिबाट १२० जनामा संक्रमण पुष्टि भएको हो । हालसम्म देशमा पीसीआर विधिबाट ७ लाख ८५ हजार ५४१ जना र एन्टिजेन विधिबाट ८९ हजार ८८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भइसकेको छ । हाल देशभर २२ हजार ३२३ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये होमआइसोलेसनमा २० हजार ८९१ जना, संस्थागत आइसोलेसनमा १ हजार ४३२ जना, सघन उपचार कक्षमा ३७१ जना भेन्टिलेटरमा १०८ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।
यही अवधिमा थप २ हजार ९५७ जना संक्रमित निको भएका छन् । नेपालमा कूल संक्रमितमध्ये ७ लाख ५२ हजार १७० जना निको भएका छन् । नेपालमा निको हुने दर ९५।८ प्रतिशत पुगेको छ । हालसम्म ११ हजार ४८ जनाले कोभिड–१९ को संक्रमणबाट ज्यान गुमाइसकेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौं २९८, झापामा १५९, भक्तपुरमा ६३ र मोरङमा ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै सुनसरीमा ४४, रुपन्देहीमा ३७, ललितपुर र कैलालीमा ३५र३५ जना, काभ्रेपलाञ्चोकमा २८, चितवनमा २२, बागलुङमा २१, नुवाकोट र कास्कीमा १७र१७ जना तथा मकवानपुरमा १० जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ गर्न बनेको आयोगले नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी)...
कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं नेपाली कांग्रेसका नेता एवं पूर्वऊर्जामन्त्री दीपक खड्काले नेपाल स्काउटको जग्गामा रहेको खड्का ल्याण्ड डेभलपमेन्ट...
कोशीपारी अनलाइन कात्तिक २७, काठमाण्डौं नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । आज सुन ५ हजार ९ सयले बढेको...