विराटनगर : नेकपा एमाले विभाजनपछि अल्पमतमा परेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने प्रयोजनका लागि असोज २२ गते प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान गरेपनि राष्ट्रिय राजनीति नाटकीय रुपमा परिवर्तन नभए उनले विश्वासको मत पाउँदैनन् । आचार्यले विश्वासको मत नपाएको अवस्थामा सरकार गठनका लागि मुख्यमन्त्रीको लाइनमा ३ जना बलियो दाबेदारको रुपमा देखिएका छन् ।
विश्वासको मत लिने समयलाई पछि धकेलेर भदौं ३० गते मुख्यमन्त्री आचार्यले मन्त्रीमण्डल विस्तार गरेपछि असन्तुष्ट बनेका प्रतिपक्षी दलहरुले अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेका छन् । विश्वासको मत लिने समयअघि नै अविश्वासको प्रस्ताव दर्ता गर्ने विपक्षी गठबन्धनको तयारी छ।
बहुमतसहित प्रदेश सरकारको नेतृत्व गरिरहेका एमाले नेता शेरधन राईले पार्टी विभाजन भएको दोस्रो दिन भदौं १० गते प्रदेश सरकारको बागडोर एमाले सचिव भीम आचार्यलाई हस्तान्तरण गरेका थिए । पार्टी विभाजन हुँदा माधव नेपाललाई साथ छाडेका कारण दोस्रो मुख्यमन्त्री बनेका आचार्यले विश्वासको मत नपाए दसैं अघि नै संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठन हुनेछ । अविश्वासको प्रस्ताव दर्ता गरि नया सरकार बनाउनका लागि काङ्ग्रेस संसदीय दलका नेता राजीव कोइराला, माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राई दाबेदार देखिएका छन् ।
माओवादी नेता आङ्बो प्रदेशमा कसले नेतृत्व गर्ने भन्ने विषयको टुङ्गो एक साता भित्र पार्टी गठबन्धनका शीर्ष नेताले लगाउने बताउँछन् । प्रदेश भागबण्डा हुँदा प्रदेश १ तीन दलमध्ये एकले पाउने उनले बताए । प्रदेश सरकारको नेतृत्वका लागि माओवादी र नेकपा एकीकृत समाजवादीले सार्वजनिक रुपमा दाबी प्रस्तुत गरेको छैन । तर प्रमुख प्रतिपक्षी दल काङ्ग्रेसले आफूले पाउनु पर्ने दाबी गर्दै आएको छ । नेपाली काङ्ग्रेस संसदीय दलका नेता राजीव कोइराला काङ्ग्रेसले सरकारको नेतृत्व गर्नु पाउनुपर्ने बताउँछन् । उनले आफू मुख्यमन्त्रीको दाबेदार रहेको बताए।
नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले असोज ८ गतेपछि मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने बताए । ९२ प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । सत्ता पक्षसँग सभामुखसहित ४१ सांसद रहँदा विपक्षी गठबन्धनमा ५० सांसद छन् ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...