काठमाडौं : संविधान दिवसका असरमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले ९०३ जनालाई मान पदवी, अलंकार र पदकबाट विभूषण गर्ने घोषणा गर्नुभएको छ। ९०३ जनाको सूचीमा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालका दिवंगत पिता र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नीको नाम पनि समावेश छ । प्रसिद्ध प्रबल जनसेवाश्रीबाट ३९ जनालाई प्रदान गरिएको छ।
माधवका पिता स्वर्गीय मंगलप्रसाद उपाध्यायलाई प्रबल जनसेवाश्री पदक घोषणा गरिएको छ । उनको नाम प्रबल जनसेवाश्रीको दोस्रो नम्बरमा छ । त्यस्तै, प्रचण्डकी बिरामी पत्नी सीता दाहाललाई राजनीतिक अभियन्ताका रूपमा प्रसिद्ध प्रबल जनसेवाश्री प्रदान गरिने भएको छ ।
त्यस्तै नेपाली कांग्रेसका संस्थापक एवं पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई नेपाल रत्न प्रदान गरिएको छ ।नेपालको सबैभन्दा ठूलो मान पदवी ‘नेपाल रत्न’ मरणोपरान्त पूर्वप्रधानमन्त्री भट्टराईलाई प्रदान गरिने भएको हो । मन्त्रिपरिषदका पूर्वअध्यक्ष सूवर्णशमशेर राणा र पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाललाई राष्ट्र गौरव पदवी प्रदान गरिएको छ । २९ भदौको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, स्वर्गीय तुलसीलाल अमात्य, स्वर्गीय मंगलादेवी सिंह, मोहनचन्द्र अधिकारी, स्वर्गीय दुर्गानन्द झा र स्वर सम्राट स्वर्गीय नारायण गोपाल गुरुवाचार्यलाई महाउज्जवल राष्ट्रदीप प्रदान गरेकी छन् ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...