२०८२ कार्तिक २१
November 7, 2025, Friday

राष्ट्रिय जनमोर्चाले भन्यो, देशलाई मध्यावधिमा धकेल्न एमालेले राज्यका निकायमाथि आक्रमण थाल्यो

राष्ट्रिय जनमोर्चाले भन्यो, देशलाई मध्यावधिमा धकेल्न एमालेले राज्यका निकायमाथि आक्रमण थाल्यो

काठमाडौँ:  राष्ट्रिय जनमोर्चाले पुनर्स्थापित संसदलाई भंग गरेर देशलाई मध्यावधि निर्वाचनमा धकेल्न नेकपा एमालेले राज्यका निकायमाथि आक्रमण केन्द्रित गरेको आरोप लगाएको छ । एमालेले राज्यका अभिन्न निकाय निर्वाचन आयोग, सरकार र सभामुखमाथि आक्रमण गर्न थालेको जनमोर्चाको आरोप छ ।

जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले शुक्रबार प्रेस वक्तव्य जारी गर्दै भनेका छन्, ‘पुनर्स्थापित संसदलाई भंग गरेर देशलाई मध्यावधि निर्वाचनमा धकेल्नका लागि ओली पक्षले निर्वाचन आयोग, सरकार र सभामुखमाथि आक्रमण केन्द्रित गरेको छ । त्यसैले प्रतिगमनविरुद्धको संघर्षको आवश्यकता कायमै रहेको छ । त्यसका लागि पाँचदलीय गठबन्धनलाई अझै मजबुत पार्नुपर्ने आवश्यकता छ ।’

Related News

जितविहीन हुँदै टुंगियो नेपालको यूएई शृंखला, अन्तिम खेलमा चार विकेटले हार्यो नेपाल
जितविहीन हुँदै टुंगियो नेपालको यूएई शृंखला, अन्तिम खेलमा चार विकेटले हार्यो नेपाल
  • २०७८ आश्विन १

कोशीपारी अनलाइन संवाददाता कात्तिक १९, काठमाण्डौं आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत युनाइटेड अरब इमिरेट्स (यूएई) मा भएको त्रिदेशीय शृंखलामा...

बोर्डको सहयोगमा सुनसरीमा २५ दिने निःशुल्क ‘बरिष्टा तालिम’ सुरु
बोर्डको सहयोगमा सुनसरीमा २५ दिने निःशुल्क ‘बरिष्टा तालिम’ सुरु
  • २०७८ आश्विन १

कोशीपारी अनलाइन संवाददाता कात्तिक १९, काठमाण्डौं सुनसरी । जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीको आयोजना २५ दिने निःशुल्क ‘बरिष्टा...

दुर्घटनामा एक जनाको मृत्यु
दुर्घटनामा एक जनाको मृत्यु
  • २०७८ आश्विन १

कोशीपारी अनलाइन संवाददाता कात्तिक १९, बर्दिया बर्दियामा धान काट्न कम्पाइन हार्भेस्टरको ठक्करबाट एक साईकल यात्रीको मृत्यु भएको छ । मृत्यु...

TOP