काठमाडौं : संखुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा ६ जनाको सामूहिक हत्या भएको घटनाले नयाँ मोड लिएको छ । संखुवासभा सामूहिक हत्या प्रकरणमा थप एक जना पक्राउ परेका छन् । यसअघि मुख्य आरोपीका रुपमा सार्वजनिक गरिएका २५ वर्षीय लोकबहादुर कार्कीका भाइ नरेशलाई पनि नियन्त्रणमा नियन्त्रणमा लिएसंगै घटनामा नयाँ ट्विस्ट देखिएको छ ।
उक्त घटनामा हत्या गरिएकी ३२ वर्षीय बुहारी रञ्जना कार्कीको मोबाइल हत्या आरोपमा पक्राउ परेका लोकेन्द्र कार्कीका भाई नरेश कार्कीको साथ फेला परेपछि नरेशलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले नरेशको साथबाट सो मोबाइल बरामद भएपछि घटनामा उनको संलग्नताबारे सोधपुछ सुरु गरेको छ ।
प्रारम्भिक अनुसन्धानबाट हत्या लगत्तै नरेश रञ्जना सुत्ने कोठामा पसेर मोबाइल लिएर हिँडेको देखिएको प्रहरीको दाबी छ । भदौ २१ मा उम्लिङका ५५ वर्षीय तेजबहादुर कार्की, आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीको सामुहिक हत्या भएको थियो ।
अनुसन्धानका क्रममा छिमेकी लोकबहादुरले आफूलाई हेला गर्ने गरेका कारण चिर्पट प्रहार गरेर तेजबहादुरको हत्या गरेको खुलेको थियो । त्यसक्रममा घरका अन्य सदस्यले देखेपछि सबैलाई हत्या गरेको साबिती बयान लोकबहादुरले दिएको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...