२०८२ कार्तिक २१
November 7, 2025, Friday

संखुवासभा हत्याकाण्डमा नयाँ ट्विस्टः आरोपी लोकबहादुरका भाइ पनि पक्राउ

संखुवासभा हत्याकाण्डमा नयाँ ट्विस्टः आरोपी लोकबहादुरका भाइ पनि पक्राउ

 

काठमाडौं : संखुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा ६ जनाको सामूहिक हत्या भएको घटनाले नयाँ मोड लिएको छ । संखुवासभा सामूहिक हत्या प्रकरणमा थप एक जना पक्राउ परेका छन् । यसअघि मुख्य आरोपीका रुपमा सार्वजनिक गरिएका २५ वर्षीय लोकबहादुर कार्कीका भाइ नरेशलाई पनि नियन्त्रणमा नियन्त्रणमा लिएसंगै घटनामा नयाँ ट्विस्ट देखिएको छ ।

उक्त घटनामा हत्या गरिएकी ३२ वर्षीय बुहारी रञ्जना कार्कीको मोबाइल हत्या आरोपमा पक्राउ परेका लोकेन्द्र कार्कीका भाई नरेश कार्कीको साथ फेला परेपछि नरेशलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले नरेशको साथबाट सो मोबाइल बरामद भएपछि घटनामा उनको संलग्नताबारे सोधपुछ सुरु गरेको छ ।

प्रारम्भिक अनुसन्धानबाट हत्या लगत्तै नरेश रञ्जना सुत्ने कोठामा पसेर मोबाइल लिएर हिँडेको देखिएको प्रहरीको दाबी छ । भदौ २१ मा उम्लिङका ५५ वर्षीय तेजबहादुर कार्की, आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीको सामुहिक हत्या भएको थियो ।

अनुसन्धानका क्रममा छिमेकी लोकबहादुरले आफूलाई हेला गर्ने गरेका कारण चिर्पट प्रहार गरेर तेजबहादुरको हत्या गरेको खुलेको थियो । त्यसक्रममा घरका अन्य सदस्यले देखेपछि सबैलाई हत्या गरेको साबिती बयान लोकबहादुरले दिएको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ ।

 

Related News

आज सुनचाँदीको मूल्य घट्यो
आज सुनचाँदीको मूल्य घट्यो
  • २०७८ भाद्र ३१

कोशीपारी अनलाइन संवाददाता कात्तिक १९, काठमाण्डौं नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला १ हजार एक...

जितविहीन हुँदै टुंगियो नेपालको यूएई शृंखला, अन्तिम खेलमा चार विकेटले हार्यो नेपाल
जितविहीन हुँदै टुंगियो नेपालको यूएई शृंखला, अन्तिम खेलमा चार विकेटले हार्यो नेपाल
  • २०७८ भाद्र ३१

कोशीपारी अनलाइन संवाददाता कात्तिक १९, काठमाण्डौं आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत युनाइटेड अरब इमिरेट्स (यूएई) मा भएको त्रिदेशीय शृंखलामा...

बोर्डको सहयोगमा सुनसरीमा २५ दिने निःशुल्क ‘बरिष्टा तालिम’ सुरु
बोर्डको सहयोगमा सुनसरीमा २५ दिने निःशुल्क ‘बरिष्टा तालिम’ सुरु
  • २०७८ भाद्र ३१

कोशीपारी अनलाइन संवाददाता कात्तिक १९, काठमाण्डौं सुनसरी । जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीको आयोजना २५ दिने निःशुल्क ‘बरिष्टा...

TOP