२०८२ माघ ५
January 19, 2026, Monday

राष्ट्रिय जनगणना:साढे आठ हजार सुपरिवेक्षक खटिए

राष्ट्रिय जनगणना:साढे आठ हजार सुपरिवेक्षक खटिए

 

काठमाडौं : १२औँ राष्ट्रिय जनगणनाको पहिलो चरणअन्तर्गत बुधबारबाट घर तथा घरपरिवार सूचीकरण सुरु हुँदैछ । कोरोना महामारीका कारण साढे तीन महिना धकेलिएको जनगणनाको प्रक्रिया सुरु भएको हो । राष्ट्रिय तथ्यांक विभागले सार्वजनिक गरेको नयाँ तालिका अनुसार आज बुधबारदेखि १८ असोजसम्म घर तथा घरपरिवार सूचीकरणको काम हुनेछ ।

सूचीकरणमा घरपरिवारमा बसोबास गर्ने सदस्य महिला, पुरुष र यौनिक तथा लैंगिक अल्पसंख्यकको संख्यासमेत विवरण भरिनेछ । विभागका निर्देशक ढुण्डीराज लामिछानेले ७७ वटै जिल्लामा एकसाथ घर तथा घरपरिवारको सूचीकरण हुने बताए । सूचीकरणमा व्यक्तिगत घरको प्रकार, घरको संख्या, तला र घरको प्रयोजन खुलाइनुका साथै प्रत्येक घर परिवारले पालेका पशु र पन्छीको संख्यासमेत गणना गरिनेछ । मूल जनगणना भने ५ कात्तिकदेखि ९ मंसिरसम्म हुनेछ । मूल जनगणनमा ३९ हजार गणकले प्रत्येक घरपरिवारमा मूल प्रश्नावली सोध्ने छन् ।

मूल जनगणना भने ५ कात्तिकदेखि ९ मंसिरसम्म हुनेछ । मूल जनगणनमा ३९ हजार गणकले प्रत्येक घरपरिवारमा मूल प्रश्नावली सोध्ने छन् ।

यसअघि १६ वैशाखमा सुपरिवेक्षक तालिम सुरु गर्ने, २६ देखि घरपरिवार सूचीकरण, १७ जेठबाट गणक तालिम, २५ जेठबाठ मूल गणना कार्य थाल्ने कार्यक्रम थियो । तर, कोरोनाका कारण स्थगित जनगणना फेरि सुरु भएको हो । राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालको जनसंख्या २ करोड ६५ लाख छ। हाल जनसंख्या बढेर ३ करोड ४६ हजार पुगेको अनुमान छ ।

Related News

महेश बस्नेतले भने : सहकारी ठग रविलाई बहिष्कार गरेर लखेट्छौं
महेश बस्नेतले भने : सहकारी ठग रविलाई बहिष्कार गरेर लखेट्छौं
  • २०७८ भाद्र ३०

कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं नेकपा एमालेका सचिव महेश बस्नेतले एमाले नै ग्रामीण जीवनको शोषण, दमन, उत्पीडन र अर्थतन्त्रका समस्याको...

सुनिताले दिइन बालेनलाई धन्यवाद
सुनिताले दिइन बालेनलाई धन्यवाद
  • २०७८ भाद्र ३०

कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवहाक प्रमुख सुनिता डंगोलले महानगर प्रमुखले आफ्नो कार्य अवधिमा गरेका सकारात्मक कामको लागि...

निर्वाचन आचार संहिता आज राति १२ बजेबाट लागू हुने
निर्वाचन आचार संहिता आज राति १२ बजेबाट लागू हुने
  • २०७८ भाद्र ३०

कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गरेकी छन् । आसन्न प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फको उम्मेदवारको...

TOP