पोखरा : गण्डकी प्रदेश सभाको विशेष अधिवेशन अन्तर्गतको बैठक बुधबार आज दिउँसो पुनः बस्दै छ । गत असार ३० गते मार्शल लगाएर बजेट पारित गरेपछि अर्को सूचना जारी नभएसम्मका लागि भन्दै स्थगित भएको बैठक आज १ बजे बस्न लागेको हो । आज बस्ने बैठकमा सबै दलको तर्फबाट भनाइ राख्ने र मुख्यमन्त्री पोखरेलले त्यसको जवाफ दिने छन्।
हालै सरकारबाट बाहिरिएको प्रमुख प्रतिपक्षी दल एमालेले बजेटप्रति असहमति जनाउँदै अवरोधक गदै आएकाले बजेट पारित भए पनि फेरि बैठक बस्न सकेको थिएन । पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारले ल्याएको बजेटका क्रमागत योजना काटिएको, अघिल्लो सरकारका महत्वपूर्ण योजनालाई कम प्राथमिकतामा नराखिएको लगायतको विमति राख्दै त्यो नसच्याएसम्म फेरि बैठक चल्न नदिने एमालेले अडान लिँदै आएको थियो । बजेट नसच्याए बैठक चल्न नदिने एमालेको अडानले चार दलको गठबन्धन सरकारले बैठक बोलाउन सकेको थिएन।
बजेटप्रति असन्तुष्टि जनाउँदै एमाले संसदीय दलले सरकारको ध्यानाकर्षण गराएको थियो । दलबीच सहमति गर्नका लागि पटक–पटक छलफल भएको थियो। पूर्व मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङ र हालका मुख्यमन्त्री एवम् कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीबीचको वार्तामा बैठक अगाडि बढाउने सहमति भएको हो।
दुबै दलको वार्तापछि नियमित रुपमा बैठक चल्न दिने सहमति भएको एमाले प्रमुख सचेतक मायानाथ अधिकारीले बताए । ‘जसरी योजना र बजेटमा पूर्वाग्रही हिसाबले कैंची लगाइएको थियो, त्यसलाई सच्याउने भनिएको छ । प्राथमिक योजनालाई निरन्तरता दिने सहमति पछि बैठक चल्न नदिने भएका छौं,’ अधिकारीले भने, ‘हामी अड्कोमात्र थाप्ने काम गर्दैनौं ।’
आमसञ्चार विधेयक, प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक, प्राइभेट फर्म दर्तासम्बन्धी विधेयक र बालबालिकासम्बन्धी विधेयक आजको बैठकमा प्रस्तुत हुने संसद सचिवालयका सचिव हरिराज पोखरेलले जानकारी दिए ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...