२०८३ बैशाख ४
April 17, 2026, Friday

तालिबानको नयाँ शिक्षा नीति सार्वजनिक

तालिबानको नयाँ शिक्षा नीति सार्वजनिक

 

काठमाडौं:  अफगानिस्तानको तालिबान सरकारले उच्च शिक्षा सम्बन्धी नीति सार्वजनिक गरेको छ । पहिलोपटक अफगानिस्तानमा शासन गर्दा महिला तथा बालिकाहरुलाई विद्यालय र विश्वविद्यालयको शिक्षामा प्रतिबन्ध लगाएको तालिबानले यसपटक भने महिलाहरूलाई शिक्षा लिन र रोजगारीमा प्रतिबन्ध नलगाउने जनाएको छ ।

अफगानिस्तानका विश्वविद्यालयहरूलाई लिङ्गका आधारमा विभाजित गरी पोसाक सम्बन्धी नयाँ नियम लागु गरिएको तालिबानले जनाएको छ। उच्च शिक्षा सम्बन्धी मामिला हेर्ने एकजना मन्त्री अब्दुल बाकी हक्कानीले महिलाहरूले पढ्न पाउने भए पनि पुरुषहरूसँगै अध्ययन गर्न भने नपाउने जनाएका छन्। उनले विद्यार्थीहरूलाई अध्यापन गराइने विषयहरूको समीक्षा गरिने पनि घोषणा गरेका छन्। सन् १९९६ देखि २००१ बीचमा तालिबान शासनका बेला अफगानिस्तानमा महिला र बालिकाहरूलाई विद्यालय र विश्वविद्यालयमा प्रतिबन्ध लगाइएको थियो तर यसपटक भने महिलाहरूलाई शिक्षा लिन र रोजगारीमा प्रतिबन्ध नलगाउने जनाएको छ । उच्च शिक्षा सम्बन्धी मामिला हेर्ने एकजना मन्त्री अब्दुल बाकी हक्कानीका अनुसार महिलाहरूले पढ्न पाउने भएतापनि पुरुषहरूसँगै बसेर भने पढ्न नपाउने बताएको जनाएको छ ।

तालिबानका अनुसार अफगानिस्तानका विश्वविद्यालयहरुलाई महिला र पुरुष विद्यार्थी पढाइ हुने गरी छुट्याइने छ । त्यस्तै इस्लामी ड्रेस कोड पनि लागू गरिने छ। विश्वविद्यालयमा महिला र पुरुष विद्यार्थीहरुलाई अलग अलग कक्षा सञ्चालन गर्न पर्याप्त स्रोत साधन नभएकाले तालिबानको नयाँ नीतिले महिलाहरु शिक्षाबाट वन्चित हुन सक्ने विश्लेषण पनि भइरहेको छ ।

यो नयाँ नियमलाई अफगानिस्तानका नागरिकले स्वीकार गर्ने हक्कानीले विश्वास व्यक्त गरे । उनले भने, ‘जनता मुस्लिम हुन्, त्यसैले उनीहरुले यसलाई स्वीकार गर्छन् ।’

प्राथमिक र माध्यमिक विद्यालयबाट दिइने शिक्षा महिला र पुरुषहरुलाई अलग अलग हुने जनाईएको छ । यस्तो रुढीवादी परम्परा अफगानिस्तानमा पहिलेदेखिकै चल्दै आईरहेको छ । छात्राहरुले शिक्षा तालिम लिन पूरै शरीर ढाकिने पोशाक लगाउनु पर्नेछ । राष्ट्रपति भवनमा तालिबानले आफ्नो झण्डा फहराएको भोलिपल्ट उच्च शिक्षा नीति घोषणा गरेको हो । यसलाई तालिबान शासन सुरु भएको संकेतको रुपमा हेरिएको बीबीसीले जनाएको छ ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०७८ भाद्र २८

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०७८ भाद्र २८

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०७८ भाद्र २८

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP