२०८३ बैशाख ८
April 21, 2026, Tuesday

सभामुखको आह्वानमा सर्वदलीय बैठक बस्दै

सभामुखको आह्वानमा सर्वदलीय बैठक बस्दै

 

काठमाण्डौं:  सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा आज संसदमा प्रतिनिधित्व गर्ने दलहरुको संयुक्त बैठक बस्दैछ । बैठक दिउँसो साढे दुई बजे संघीय संसद भवनको ल्होत्से हलमा बस्ने छ । सो बैठक संसदमा जारी गतिरोध अन्त्य लगायतका महत्वपूर्ण समसामयिक विषयमा केन्द्रित रहने सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए । प्रमुख प्रतिपक्षी नेकपा एमालेले निरन्तर संसद बैठक अवरुद्ध गरेपछि सभामुख सापकोटाले सर्वदलीय बैठक आह्वान गर्नुभएको हो ।

सभामुख सापकोटाले आइतबार संसदभित्रै बैठकको बीचमा एमालेसँग संवादको प्रयास गर्नुभएको थियो । एमालेले विरोधमा निरन्तरता दिएपछि एमाले प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी र सांसद खगराज अधिकारीसँग छलफल गर्नुभएको थियो। तर, सभामुखको सहमति प्रयास सफल हुन सकेन। सहमतिमा ल्याउने प्रयास असफल भएपछि सापकोटाले सर्वदलीय बैठक बोलाउनुभएको हो ।

छलफलमा प्रधानमन्त्री एवं कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा, विपक्षी दलका नेता केपी शर्मा ओली, माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता माधव कुमार नेपाल, जसपा संसदीय दलका नेता उपेन्द्र यादव र लोसपाका नेता महन्थ ठाकुरलाई बोलाइएको छ । यसैगरी राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल, नेमकिपाका प्रेम सुवाल र राप्रपाका राजेन्द्र लिंदेनलाई पनि बैठकमा आमन्त्रण गरिएको सभामुखको सचिवालयले जनाएको छ । पार्टीले कारबाही गरेका माधव नेपाल सहितका १४ सांसदलाई पदमुक्त गर्नबाट रोकेर सभामुख सापकोटाले एमाले फुटाउन सहयोग गरेको आरोप एमालेले लगाउँदै आएको छ ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०७८ भाद्र २८

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०७८ भाद्र २८

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०७८ भाद्र २८

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP