२०८२ कार्तिक २३
November 9, 2025, Sunday

पहिलो राष्ट्रिय फुटसल लिग पोखरामा

पहिलो राष्ट्रिय फुटसल लिग पोखरामा

काठमाडौं : अखिल नेपाल फुटबल संघ पोखरा/ (एन्फा) को आयोजनामा पहिलो पटक राष्ट्रिय फुटसल लिग हुँदैछ । पोखरा रंगशालास्थित बहुउदेश्यीय कर्भड हलमा यसअघि नै तय भयको प्रतियोगिता कोरोना महामारीका कारण स्थगित हुन पुगेको थियो । एन्फाले फुट्सल लिगका लागि छनोट चरणका खेलहरु खेलाडी विजेता र उपविजेता टिमलाई राष्ट्रिय लिगमा सहभागि छानेको हो ।

एन्फाले मुलुकका सातै प्रदेशमा छनोट चरणका खेलहरुको आयोजना गरेको थियो । जसबाट पोखराका २ टिम सहित ७ प्रदेशका १० टिम सहभागीता लागि छनोट भएका छन् । एन्फाले काठमाडौंमा मंगलबार सार्बजनिक गरेको तालिका अनुसार खेल असोज २ गते देखि २२ गते सम्मका लागि तय भएको छ l
राउन्डरोबिन लिगका आधारमा हुने प्रतियोगिताको लिग चरण भने असोज १९ गतेसम्म हुनेछ । असोज २० र २१ गते नकआउट चरणका खेल हुनेछन् भने २२ गते फाइनल हुनेछ । लिगका लागि पोखराका होटलहरु समेत तयारी भइरहेको एन्फाका फुटसल प्रमुख विनोद गुरुङले जानकारी दिएका छन् ।

धेरे जसो खेलकुद हरु काठमाण्डौँमा मात्र केन्द्रित हुने हुदै आएका भय पनि यति बेला भने पहिलो पटक राजधानी बाहिर ठुलो प्रतियोगिताको रुपमा फुटसलको आयोजना हुन लागेको हो । ५/५ जना खेलिने खेलमा खेलाडी बारम्बार परिर्वतन गर्न सकिने गुरुङको भनाइ छ । होटल व्यवस्थापन भइसकेको र सबै खेलाडी, प्रशिक्षक र पदाधिकारीको चरक मेमोरियल अस्पतालमा कोरोना परिक्षण गराएर मात्र लिगमा सहभागी गराउने उनले बताए ।

संघले प्रत्येक टिमलाई तयारी खर्च बापत १÷१ लाख रुपैयाँ प्रदान गरेको गुरुङले प्रस्ट पारे l लिग विजेताले नगद १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै सर्वोत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर, प्रशिक्षक र उदीयमान खेलाडीले समान २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

Related News

जेनजी आन्दोलनले सबैभन्दा धेरै क्षति निजीले व्यहोरेको छ : अध्यक्ष ढकाल
जेनजी आन्दोलनले सबैभन्दा धेरै क्षति निजीले व्यहोरेको छ : अध्यक्ष ढकाल
  • २०७८ भाद्र २५

कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले आन्दोलनपछि खरानी भएको निजी क्षेत्र अहिले...

निर्वाचनअघि कांग्रेस महाधिवेशनको माग गर्दै ज्ञापन
निर्वाचनअघि कांग्रेस महाधिवेशनको माग गर्दै ज्ञापन
  • २०७८ भाद्र २५

कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं हरेक चार वर्षमा पार्टीको आवधिक महाधिवेशन गरिनुपर्ने माग गर्दै कांग्रेसका केही नेताहरुले ज्ञापन पत्र...

आगामी निर्वाचनमा विवेकको मत प्रयोग गर्न प्रधानमन्त्रीको आह्वान
आगामी निर्वाचनमा विवेकको मत प्रयोग गर्न प्रधानमन्त्रीको आह्वान
  • २०७८ भाद्र २५

कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं प्रधानमन्त्री सुशीला कार्कीले नयाँ पुस्तालाई मतदाता नामावलीमा नाम सङ्कलन गरेर आगामी निर्वाचनमा विवेकको मत...

TOP