काठमाडौं : अखिल नेपाल फुटबल संघ पोखरा/ (एन्फा) को आयोजनामा पहिलो पटक राष्ट्रिय फुटसल लिग हुँदैछ । पोखरा रंगशालास्थित बहुउदेश्यीय कर्भड हलमा यसअघि नै तय भयको प्रतियोगिता कोरोना महामारीका कारण स्थगित हुन पुगेको थियो । एन्फाले फुट्सल लिगका लागि छनोट चरणका खेलहरु खेलाडी विजेता र उपविजेता टिमलाई राष्ट्रिय लिगमा सहभागि छानेको हो ।
एन्फाले मुलुकका सातै प्रदेशमा छनोट चरणका खेलहरुको आयोजना गरेको थियो । जसबाट पोखराका २ टिम सहित ७ प्रदेशका १० टिम सहभागीता लागि छनोट भएका छन् । एन्फाले काठमाडौंमा मंगलबार सार्बजनिक गरेको तालिका अनुसार खेल असोज २ गते देखि २२ गते सम्मका लागि तय भएको छ l
राउन्डरोबिन लिगका आधारमा हुने प्रतियोगिताको लिग चरण भने असोज १९ गतेसम्म हुनेछ । असोज २० र २१ गते नकआउट चरणका खेल हुनेछन् भने २२ गते फाइनल हुनेछ । लिगका लागि पोखराका होटलहरु समेत तयारी भइरहेको एन्फाका फुटसल प्रमुख विनोद गुरुङले जानकारी दिएका छन् ।
धेरे जसो खेलकुद हरु काठमाण्डौँमा मात्र केन्द्रित हुने हुदै आएका भय पनि यति बेला भने पहिलो पटक राजधानी बाहिर ठुलो प्रतियोगिताको रुपमा फुटसलको आयोजना हुन लागेको हो । ५/५ जना खेलिने खेलमा खेलाडी बारम्बार परिर्वतन गर्न सकिने गुरुङको भनाइ छ । होटल व्यवस्थापन भइसकेको र सबै खेलाडी, प्रशिक्षक र पदाधिकारीको चरक मेमोरियल अस्पतालमा कोरोना परिक्षण गराएर मात्र लिगमा सहभागी गराउने उनले बताए ।
संघले प्रत्येक टिमलाई तयारी खर्च बापत १÷१ लाख रुपैयाँ प्रदान गरेको गुरुङले प्रस्ट पारे l लिग विजेताले नगद १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै सर्वोत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर, प्रशिक्षक र उदीयमान खेलाडीले समान २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...