काठमाडौं : क्रियाशील सदस्यताको विषयमा विवाद कायमै रहेका बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा शुक्रबार वडा अधिवेशन हुँदैछ । महाधिवेशनको कार्यतालिका अनुसार १८ भदौमा हुनुपर्ने वडा अधिवेशन क्रियाशील सदस्यता विवादका कारण ढिलाई भएको कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत डडेल्धुरा जिल्लाका सात पालिकाका ५२ वडामा अधिवेशन हुन लागेको हो ।
डडेल्धुरामा क्रियाशील सदस्यता विवादका कारण जिल्ला सभापति कर्णबहादुर मल्लले अधिवेशन स्थगनको सूचना जारी गरेका थिए । तर निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले बिहीबार साँझ विज्ञप्ति जारी गर्दै २५ भदौमै अधिवेशन हुने जनाएका थिए । कांग्रेस जिल्ला कार्यसमितिले करिव ५ हजार आठ सयको क्रियाशील सदस्यता सूची पठाएकोमा केन्द्रले पाँच सय जनाको नाम हटाएको र तीन सयको नाम थप गरेको आरोप जिल्ला सभापति मल्लको छ । तर अर्को पक्षले भने समायोजनबाट आएका क्रियाशील सदस्यता सूची जिल्लाले इन्ट्री नगरेका कारण केन्द्रबाट थपिएको र जिल्लाले एकपक्षीय रुपमा क्रियाशील सदस्यता पठाएको दावी गरेको छ ।
कोशीपारी अनलाइन संवाददाता कात्तिक १९, काठमाण्डौं नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला १ हजार एक...
कोशीपारी अनलाइन संवाददाता कात्तिक १९, काठमाण्डौं आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत युनाइटेड अरब इमिरेट्स (यूएई) मा भएको त्रिदेशीय शृंखलामा...
कोशीपारी अनलाइन संवाददाता कात्तिक १९, काठमाण्डौं सुनसरी । जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीको आयोजना २५ दिने निःशुल्क ‘बरिष्टा...