२०८३ बैशाख ४
April 17, 2026, Friday

विवादकै बीच देउवाको गृहजिल्लामा वडा अधिवेशन हुँदै

विवादकै बीच देउवाको गृहजिल्लामा वडा अधिवेशन हुँदै

काठमाडौं : क्रियाशील सदस्यताको विषयमा विवाद कायमै रहेका बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा शुक्रबार वडा अधिवेशन हुँदैछ । महाधिवेशनको कार्यतालिका अनुसार १८ भदौमा हुनुपर्ने वडा अधिवेशन क्रियाशील सदस्यता विवादका कारण ढिलाई भएको कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत डडेल्धुरा जिल्लाका सात पालिकाका ५२ वडामा अधिवेशन हुन लागेको हो ।

डडेल्धुरामा क्रियाशील सदस्यता विवादका कारण जिल्ला सभापति कर्णबहादुर मल्लले अधिवेशन स्थगनको सूचना जारी गरेका थिए । तर निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले बिहीबार साँझ विज्ञप्ति जारी गर्दै २५ भदौमै अधिवेशन हुने जनाएका थिए । कांग्रेस जिल्ला कार्यसमितिले करिव ५ हजार आठ सयको क्रियाशील सदस्यता सूची पठाएकोमा केन्द्रले पाँच सय जनाको नाम हटाएको र तीन सयको नाम थप गरेको आरोप जिल्ला सभापति मल्लको छ । तर अर्को पक्षले भने समायोजनबाट आएका क्रियाशील सदस्यता सूची जिल्लाले इन्ट्री नगरेका कारण केन्द्रबाट थपिएको र जिल्लाले एकपक्षीय रुपमा क्रियाशील सदस्यता पठाएको दावी गरेको छ ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०७८ भाद्र २५

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०७८ भाद्र २५

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०७८ भाद्र २५

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP