२०८३ बैशाख ९
April 22, 2026, Wednesday

साफ च्याम्पियनसिपको तयारीको लागि नेपाली टोली कतार जाँदै

साफ च्याम्पियनसिपको तयारीको लागि नेपाली टोली कतार जाँदै

काठमाण्डौं : अर्को महिना माल्दिभ्समा आयोजना हुने दक्षिण एसियाली फुटबलको चर्चित प्रतियोगिता साफ च्याम्पियनसिपको अन्तिम तयारीका लागि नेपाली पुरुष राष्ट्रिय फुटबल टोली आज कतार जाने भएको छ।

नेपाली टोलीलाई युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यौपाने र अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पालगायत एन्फाका पदाधिकारीले २४ खेलाडी र अन्य अफिसियललाई बिदाई गरे । टोली शुक्रबार बिहान त्यसतर्फ प्रस्थान गर्नेछ । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी यसअघि नै कतार गइसकेका छन् । टोलीमा मुख्य डिफेन्डर रोहित चन्द इन्डोनेसियाबाट कतार जाँदै टोलीको प्रशिक्षणमा जोडिनेछ ।

असोज १५ गते शुरु हुने १३औं संस्करणको साफ च्याम्पियनसिपको लागि नेपाली टोली असोज ११ गते कतारबाटै माल्दिभ्स प्रस्थान गर्नेछ । ५ राष्ट्रको सहभागिता रहने साफ च्याम्पियनसिप १ देखि १६ अक्टोवर ९ देखि ३० असोजसम्म माल्दिभ्सको मालेमा आयोजना हुनेछ । मालेमा हुने च्याम्पियनसिपमा नेपालले आफ्नो दोस्रो खेल श्रीलंकाविरुद्ध १८ असोजमा खेल्नेछ । त्यस्तै तेस्रो खेल नेपाली टोली साफको सर्वाधिक सफल टोली भारतसँग २४ असोजमा तथा राउन्ड रोविन लिगको अन्तिम खेलमा नेपालले २७ असोजमा बंगलादेशसँग खेल्नेछ । राउन्ड लिगपछि शीर्ष दुई टोलीले ३० असोजमा फाइनल खेल्नेछ । नेपाली टोलीले अहिलेसम्म साफको सेमिफाइनल पार गर्न सकेको छैन ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०७८ भाद्र २५

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०७८ भाद्र २५

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०७८ भाद्र २५

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP