२०८२ कार्तिक २३
November 9, 2025, Sunday

कांग्रेस महाधिवेशन : महामन्त्रीमा उम्मेदवारीका लागि शर्माको औपचारीक घोषणा

कांग्रेस महाधिवेशन : महामन्त्रीमा उम्मेदवारीका लागि शर्माको औपचारीक घोषणा

काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीको लागि उम्मेदवारीको औपचारीक घोषणा गरेका छन्। बिपी कोइरालाको १०८औं जन्मजयन्तीको अवसरमा बिहीबार सुन्दरीजलस्थित बिपी संग्रहालयले आयोजना गरेको कार्यक्रम पुगेर आसन्न १४औं महाधिवेशनका लागि उनले महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

उक्त कार्यक्रममार्फत शर्माले महामन्त्रीमा उम्मेदवारी घोषणा गर्दै युवा नेताको नेतृत्वमा कांग्रेसलाई देशकै सबैभन्दा ठूलो पार्टी बनाउने उद्घोष गरे । आगामी ९ देखि १३ मंसिरमा कांग्रेसको १४औं महाधिवेशन गर्दैछ । कांग्रेस नेता युवा नेता गगन थापाले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन्।त्यस्तै, अर्का युवा नेता प्रदीप पौडेलले पनि महामन्त्रीमा उम्मेदवारी दिने बताएका छन् । क्रियाशील सदस्यता विवाद टुंगो लागेपछि औपचारिक रूपमा घोषणा गर्ने बताएका छन्।

Related News

जेनजी आन्दोलनले सबैभन्दा धेरै क्षति निजीले व्यहोरेको छ : अध्यक्ष ढकाल
जेनजी आन्दोलनले सबैभन्दा धेरै क्षति निजीले व्यहोरेको छ : अध्यक्ष ढकाल
  • २०७८ भाद्र २४

कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले आन्दोलनपछि खरानी भएको निजी क्षेत्र अहिले...

निर्वाचनअघि कांग्रेस महाधिवेशनको माग गर्दै ज्ञापन
निर्वाचनअघि कांग्रेस महाधिवेशनको माग गर्दै ज्ञापन
  • २०७८ भाद्र २४

कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं हरेक चार वर्षमा पार्टीको आवधिक महाधिवेशन गरिनुपर्ने माग गर्दै कांग्रेसका केही नेताहरुले ज्ञापन पत्र...

आगामी निर्वाचनमा विवेकको मत प्रयोग गर्न प्रधानमन्त्रीको आह्वान
आगामी निर्वाचनमा विवेकको मत प्रयोग गर्न प्रधानमन्त्रीको आह्वान
  • २०७८ भाद्र २४

कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं प्रधानमन्त्री सुशीला कार्कीले नयाँ पुस्तालाई मतदाता नामावलीमा नाम सङ्कलन गरेर आगामी निर्वाचनमा विवेकको मत...

TOP