२०८३ बैशाख १८
May 1, 2026, Friday

संखुवासभा हत्याकाण्ड: विदेशबाट आइपुगे छोरा, घरमा भेटियो सुन र नगद

संखुवासभा हत्याकाण्ड: विदेशबाट आइपुगे छोरा, घरमा भेटियो सुन र नगद

संखुवासभा: संखुवासभाको मादी नगरपालिकामा एकै परिवारका ६ जनाको तीन पुस्ताकै वंश नास हुने गरि भएको हत्याकाण्डको बारेमा प्रहरी प्रगति नजिक पुगेको छ। क्रुर मानिएको हत्याकाण्डको अनुसन्धानमा प्रहरीले धेरै तथ्यहरुलाई फेला पारेको बताइएको छ ।

संखुवासभामा एकै परिवारको ६ जनाको हत्या भएको दुई दिन बितिसकेको छ। विभत्स तरिकाले वृद्धादेखि नाबालकसम्मको हत्या कसले र किन गर्‍यो भन्ने अहिलेसम्म पत्ता लागेको छैन। घटनाको गम्भीरतालाई मध्यनजर गर्दै नेपाल प्रहरीको विभिन्न टोली अनुसन्धान गर्न घटनास्थलमा पुगेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा टोली त्यहाँ पुगेको छ। प्रहरी टोलीले विभिन्न पाटोबाट अनुसन्धान गरिरहेको छ।
अझै हत्या कसले किन गर्‍यो भन्ने निचोडमा पुगिनसकेको प्रहरी अधिकारीहरू बताउँछन्। अनुसन्धान भइराखे पनि निचोडमा पुगिनसकेको प्रदेश नम्बर १ प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवीन राईले बताए। त्यहाँबाट थप निचोड केही पनि आइसकेको छैन। हाम्रा टोली गएर अनुसन्धान गरिराखेका छन्, उनले भने।

सोमबार बिहान मादी नगरपालिका वडा नम्बर १ उम्लिङमा ६ जनाको शव फेला परेको थियो। ५७ वर्षीय तेजबहादुर, ८४ वर्षीया आमा पार्वता, ५८ वर्षीया श्रीमती मनमाया, २५ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र ५ वर्षीया नातिनी गोमाको शव फेला परेको हो।

सुरूमा प्रहरीले आर्थिक कारणले हत्या भएको हुनसक्ने अनुमान गरेको थियो। कार्की परिवारले झापामा जग्गा किन्न लागेको थाहा पाएपछि प्रहरीले त्यसैअनुसार अनुसन्धान अघि बढायो। जग्गा किन्न लागेको हुँदा घरमा ठूलो रकम हुने र त्यही लुटपाट गर्न हत्या गरिएको हुन सक्ने आशंका थियो। प्रहरीले तेजबहादुर कार्कीको घरबाट गरगहना तथा नगद सुरक्षित रूपमा फेला पारेको छ। घटनास्थल पुगेका संघीय इकाइ प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भीम दाहालका अनुसार कार्की परिवारको घरमा सुन र नगद फेला परेको छ। घरबाट गरगहना भेटिएको छ। ठ्याक्कै कति छ भनेर हामीले जोखेका त छैनौं। नौगेडी, मुन्द्री, झुम्का, ढुंग्रीलगायत गहना भेटिएको छ, उनले भने,पैसा पनि चार लाख बढी भेटिएको छ। लुटपाट घरमा भएको देखिन्न।

मंगलबार मुचुल्का उठाउने तथा तालिमप्राप्त कुकुरलाई स्निफिङ सुँघाउने काम गरेपछि ६ वटै शवलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्‍याइएको छ। शवहरू मध्यराति अस्पताल पुगेको प्रहरी उपरीक्षक नवीन राईले बताए। अहिले पोष्टमार्टम सुरू भएको छ। तालिम प्राप्त कुकुरसहितको टोली सोमबार राति ७ बजेमात्रै घटनास्थल पुगेको थियो। घटना कुनै पोख्त व्यक्तिले नै गरेको हुनसक्ने पनि प्रहरीको अनुमान छ। घरभित्र कुनै पनि घम्साघम्सीको संकेत नदेखिएको प्रहरीले जनाएको छ।

पार्वताबाहेक सबैको शव घोप्टो परेको अवस्थामा फेला परेको हुँदा उक्त आशंका गरिएको हो। दुई बच्चाको समेत हत्या गरिएको हुँदा कुनै चिनजानकै व्यक्तिले गरेको हो कि भन्ने पाटोबाट अनुसन्धान प्रहरीले अघि बढाएको छ।

घटनापछि तेजबहादुरका छोरा नरेश दुबईबाट नेपाल फर्किएका छन्। उनी गएराति धरान आइपुगेको मृतकका आफन्त विनोद कार्कीले बताए।
हिजो राति दुबईबाट कान्छो दाइ नरेश फर्किनुभएको छ। अहिले धरानमा पोष्टमार्टम कक्षमा हुनुहुन्छ, उनले भने, मलेसियाबाट अर्को दाइ पनि आउने कुरा त छ। तर फ्लाइटको कुरा मिलिरहेको छैन। सायद शनिबारसम्म आउनुहुन्छ । विनोदका अनुसार पोष्टमार्टम सकिएपछि बुधबार नै उनीहरूको दाहसंस्कार गर्ने तयारी भइरहेको छ।

घरमा भएका ६ जनाको हत्या हुँदा ९० वर्षीय वृद्ध बौद्धमान जोगिएका थिए। बौद्धमान मधुरो देख्छन् भने सामान्य आवाज सुन्दैनन्।
अघिल्लो साँझ ६ बजे सुतेका उनलाई बिहान छिमेकीले उठाउन आएपछि मात्रै घटनाबारे थाहा पाएका थिए।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०७८ भाद्र २३

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०७८ भाद्र २३

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०७८ भाद्र २३

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP