२०८३ बैशाख ९
April 22, 2026, Wednesday

संसद बस्नुअघि सिंहदरबारमा सत्तारूढ गठबन्धनको बैठक

संसद बस्नुअघि सिंहदरबारमा सत्तारूढ गठबन्धनको बैठक

कोशीपारी अनलाइन संवाददाता / काठमाण्डौं
भाद्र २३, २०७८

पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न सत्तारूढ गठबन्धनको बैठक बस्ने भएको छ। संघीय संसदको बैठक बस्नुअघि बुधबार दिउँसो तीन बजे सिंहदरबारमा गठबन्धनको बैठक बस्न लागेको स्रोतले जनाएको छ ।

सत्तारूढ गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र  राष्ट्रिय जनमोर्चा छन्। पछिल्लो समय सरकारले अध्यादेश ल्याएपछि बनेका दुई दलले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन्।

नयाँ पार्टी गठन गर्नुअघि नै माधवकुमार नेपाल सत्तारूढ गठबन्धनमा थिए। प्रमुख प्रतिपक्षी दल एमालेका सांसद भएकाले उनी प्राय: गठबन्धनका बैठकमा उपस्थित हुँदैन थिए।

नेपालको नेतृत्वमा अहिले नेकपा (एकीकृत समाजवादी) दर्ता भइसकेको छ भने उनी संसदीय दलको नेता चयन भइसकेका छन्।

आजै नेकपा एमालेका अध्यक्ष एंव संसदीय दलका नेता केपी शर्मा ओलीले नेपालसहित एमालेले कारबाही सिफारिस गरेका सांसद आए संसद बैठक चल्न नदिने बताएका छन्।

संसद सहज रूपमा चलाउन, अमेरिकी सहयोग परियोजना एमसिसीबारे धारणा बनाउनका लागि गठबन्धनको बैठक बस्न लागेको हो।

गठबन्धनमा रहेका केही नेताहरू एमसिसी पारित गर्न नहुने पक्षमा छन्। पछिल्लो समय राष्ट्रिय राजनीतिमा निकै चर्चामा रहेको एमसिसीबारे गठबन्धनले के निर्णय गर्छ भन्ने चासोका साथ हेरिएको छ।

यसअघि आजै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसिसी प्रयोग गरेर गठबन्धन तोड्ने प्रयास भइरहेको बताएका थिए।   

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०७८ भाद्र २३

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०७८ भाद्र २३

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०७८ भाद्र २३

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP