२०८३ बैशाख ४
April 17, 2026, Friday

तेह्रथुम पावरको आईपीओ शुक्रबार बाँडफाँट हुँदै

तेह्रथुम पावरको आईपीओ शुक्रबार बाँडफाँट हुँदै

काठमाण्डौं – तेह्रथुम पावर कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ )यसै साता बाँडफाँट गरिने भएको छ। कम्पनीको आईपीओको प्रिअलटमेन्टको काम सकिएको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार प्री–अलोटमेन्ट काम सकिएको र बोर्डको अनुमतिपछि आईपीओको बाँडफाँड शुक्रबार गरिने गर्ने तयारी थालेको कम्पनीले जनाएको छ ।

कम्पनीको सेयरमा मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार वितरण हुनेछ। त्यस अनुसार ७४ हजार ४०० जनाले मात्रै १० कित्ताको दरले शेयर पाउने छन्। बाँकी आवेदकले भने पाउने छैनन्। कम्पनीले भदौ ९ गतेदेखि भदौ १३ गतेसम्म ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आईपीओ बिक्री खुल्ला गरेको थियो । जसमध्ये ५५ अर्थात् ४० हजार कित्ता म्युचुअल फन्डलाई, २५ अर्थात् १६ हजार कित्ता कर्मचारीलाई सुरक्षित गरी बाँकी ७ लाख ४४ हजार कित्ता सर्वसाधारणलाई छुट्याइएको थियो ।

हाल चुक्ता पुँजी २८ करोड रुपैयाँ रहेको कम्पनीको स्थानीयलाई ४ करोड र सर्वसाधारणलाई ८ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशनपश्चात् कम्पनीको चुक्ता ४० करोड रुपैयाँ पुग्नेछ।

कम्पनीको आईपीओमा २३ लाख ९६ हजार ३ सय ४८ जना आवेदकले ३ करोड १२ लाख ४६ हजार ९ सय १० कित्ताका लागि आवेदन दिएका छन् । यो माग गरिएकोभन्दा ४१।७९ गुणा बढि आवेदन परेको हो । कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोला प्रथा विधिबाट १० कित्ताका दरले बाँडफाँड गरिने छ । जसमा ७४ हजार ४ सय जनाले मात्रै आईपीओ पाउनेछन् । आवेदन दिएका कूल आवेदकमध्ये २३ लाख ३१ हजारभन्दा बढीको हात रित्तो हुने भएकोछ ।

हाल चुक्ता पुँजी २८ करोड रुपैयाँ रहेको कम्पनीको स्थानीयलाई ४ करोड र सर्वसाधारणलाई ८ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशनपश्चात् कम्पनीको चुक्ता ४० करोड रुपैयाँ पुग्नेछ ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०७८ भाद्र २३

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०७८ भाद्र २३

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०७८ भाद्र २३

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP