काठमाडौं: बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी छन् । मुख्यमन्त्री शाक्यले आज ५ जना मन्त्री र ४ जना राज्यमन्त्री नियुक्त गर्ने तयारी गरेकी हुन् ।
भदौ २ गते मुख्यमन्त्री बनेकी शाक्य एमाले विभाजन भएपछि अल्पमतमा छन् । नयाँ दल नेकपा एकीकृत समाजवादी मा १३ जना प्रदेशसभा सदस्यले सनाखत गरेपछि शाक्य अल्पमतमा परेकी हुन् । विगतमा माधवकुमार नेपाल पक्षमा खुलेर एमालेमै रहने प्रदेशसभा सदस्यहरु मन्त्री बन्ने सूचीको अग्र पंक्तिमा छन् ।
बागमतीमा यसअघि नेपाल पक्षमा खुलेका २२ जना सांसदमध्ये शाक्यलाई ९ जनाले मात्रै साथ दिएका थिए । मुख्यमन्त्री बनेको दुई हप्तामै अल्पमतमा परेकी शाक्यलाई सरकार टिकाउन भने मुस्किल छ । अल्पमतमा परेपछि शाक्यले प्रदेशसभा बैठक स्थगित गरेर संसद छल्दै आएकी छन् ।सरकार बनाउन ५५ मत आवश्यक रहे पनि एमालेसँग हाल बागमतीमा ४३ मत मात्रै छ । बागमतीमा नेकपा एकीकृत समाजवादीको नेतृत्व गरिरहेका प्रदेशसभा सदस्य राजेन्द्र पाण्डेले आफ्नो नेतृत्वमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी सहितको सरकार बनाउने कसरत गरिरहेका छन् ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...