२०८३ बैशाख ६
April 19, 2026, Sunday

निषेधाज्ञाबारे छलफल गरि नयाँ ढाचा बनाउन तीन जिल्लाका सिडिओ बैठक बस्दै

निषेधाज्ञाबारे छलफल गरि नयाँ ढाचा बनाउन तीन जिल्लाका सिडिओ बैठक बस्दै

३० जेष्ठ २०७८, क्रान्ति दोङ कोशीपारी अनलाइन बनेपा, काभ्रे /निषेधाज्ञा खुकुलो बनाउन गृह मन्त्रालय नयाँ ढाँचा निर्माणमा जुटेको छ । सरोकारवाला मन्त्रालय, कोभिड संकट व्यवस्थापन केन्द्र र ७७ वटै जिल्ला प्रशासन कार्यालयसँगको छलफलपछि निषेधाज्ञाको मोडालिटी परिवर्तन गर्न लागिएको हो । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बस्दैछ । जेठ मसान्तसम्मका लागि तोकिएको निषेध गर्ने आदेशको समय सकिन लागेकाले थप निर्णय गर्न आइतबार प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्न लागेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले संयुक्त बैठकबाट निषेधाज्ञाको विषयमा टुंगो लगाइने जानकारी दिएका छन् । उनले उपत्यकाका प्रजिअहरुको संयुक्त बैठक पश्चात् नयाँ ढाचाको खाका आउने बताएका हुन् । खोप र परीक्षण बढाएर निषेधाज्ञा खुकुलो बनाउनुपर्ने प्रजिअहरूको सुझाव भएको उनले बताए ।

कोरोना संक्रमणको दर घटे पनि जोखिम घटिनसकेको भन्दै एक साता निषेधाज्ञा थप्ने प्रमुख जिल्ला अधिकारीहरुको तयारी छ । तर निषेधाज्ञाका प्रावधानहरुलाई चाहिँ खुकुलो बनाउने विषयमा छलफल भइरहेको छ ।

‘जनजीवनलाई सहज बनाउँदै लानुपर्ने’ भएकाले निश्चित क्षेत्रलाई खोल्दै लैजाने प्रमुख जिल्ला अधिकारीहरुले तयारी गरेका हुन् । गृह प्रशासनले असार पहिलो साताबाट सवारीसाधनसमेत जोर–विजोर प्रणालीमा सञ्चालन गर्न दिने तयारी गरेको थियो । तर स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले त्यसमा असहमति जनाएका छन् ।

‘हुन त छलफल सकिएको छैन, यद्यपि यातायातको विषयमा कुनै निर्णय नहोला,’ काठमाडौंका सीडीओ पराजुलीले भने । तर खाद्यान्नका पसल खोल्ने समय बढाउने विषयमा सीडीओहरु एकमत छन् । त्यस्तै, अन्य व्यवसायलाई पनि बार अनुसार खोल्न दिने विषयमा छलफल भइरहेको छ ।

गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालका अनुसार कृषि सम्बन्धी कार्यलाई सहजीकरण गरिदिने तयारी छ । ‘मल, बिउबिजन ल्याउनुपर्ने समय छ, ती क्षेत्रहरुलाई सहजीकरण हुनेछ,’ दाहालले भने ।

गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले विद्यालय/विश्वविद्यालयलगायत शैक्षिक संस्था, सार्वजनिक यातायात, सभा/गोष्ठी/सम्मेलन, सिनेमा हल, मठमन्दिर, पार्टी प्यालेसलगायत भीडभाडजन्य क्षेत्रमा रहेको निषेधाज्ञालाई कायम राखेर बाँकीमा खुकुलो बनाउँदै लैजाने विषयमा छलफल जारी रहेको र यसबारे छिट्टै त्यसको मोडालिटी ल्याइने बताए। अहिले अत्यावश्यक सेवा र प्रशासनको अनुमतिबाहेकका क्षेत्र सबै बन्द छन्।

काठमाडौं उपत्यकामा प्रशासनले निषेधाज्ञा लगाएको डेढ महीना नाघिसकेको छ । पछिल्लोपटक थपिएको निषेधाज्ञाको अवधि सोमबारबाट सकिंदै छ ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०७८ जेष्ठ ३०

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०७८ जेष्ठ ३०

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०७८ जेष्ठ ३०

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP