२०८२ मंसिर २४
December 10, 2025, Wednesday

आज थप २५५९ जनामा कोरोना संक्रमण पुष्टि, पाँचजनाको मृत्यु

आज थप २५५९ जनामा कोरोना संक्रमण पुष्टि, पाँचजनाको मृत्यु

कोशीपारी अनलाईन संवाददाता काठमाडौँ ।

पछिल्लो २४ घण्टामा थप २५५९ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ ।
८७९८ पीसीआर परीक्षणबाट २४४९ र ८६६ एन्टिजेन परीक्षणबाट ११० जना गरी जम्मा २५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पाँचजनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ४१० जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर कोरोना भाइरसका १४ हजार सात सय २४ सक्रिय संक्रमित रहेका छन् । योसँगै कोरोना संक्रमणबाट डिस्चार्ज हुनेको संख्या २ लाख ७६ ७सय ५५ पुगेको छ ।

काठमाडौं उपत्यकामा भेटिए ९४० जना संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ९४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ७६० जना, भक्तपुरमा ७४ जना र ललितपुरमा १०६ जना कोरोना संक्रमित भेटिएका छन् ।
यस्तै बाँकेमा ३५४ , रुपन्देहीमा २२१, सुर्खेतमा ९१, दाङमा ७९, मोरङमा ७४, कैलालीमा ७२, कास्कीमा ६७, पर्सामा ६२, बर्दियामा ३९, पाल्पामा ३२, धनुषामा ३१ र मकवानपुरमा ३० जना संक्रमित भेटिएका छन् ।
चितवनमा २७, काभ्रेपलाञ्चोक र कञ्चनपुरमा २२÷२२, बारामा २१, नवलपरासी पश्चिममा १७, कपिलवस्तुमा १५, महोत्तरी र गुल्मीमा १४÷१४, रौतहट र अर्घाखाँचीमा १३÷१३ जना, नुवाकोटमा १२, सुनसरी र वाग्लुङमा ११÷११ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा संक्रमित भएकामध्ये ९ वर्ष मुनिका ५४ जना बालबालिका र १० देखि १९ वर्ष मुनिका १९९ जना रहेका छन् ।

Related News

धुलिखेलमा उन्नत ड्रोन प्रविधि कार्यशाला : चिनियाँ उड्डयन विज्ञहरूको सहभागिता
धुलिखेलमा उन्नत ड्रोन प्रविधि कार्यशाला : चिनियाँ उड्डयन विज्ञहरूको सहभागिता
  • २०७८ बैशाख १०

कोशीपारी अनलाइन मंसिर २२, काठमाण्डौं नेपालको बढ्दो ड्रोन तथा उड्डयन प्रविधि क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्ने उद्देश्यसहित ड्रोन हब नेपाल...

आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर
आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर
  • २०७८ बैशाख १०

कोशीपारी अनलाइन मंसिर २२, काठमाण्डौं नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजानकि गरेको छ । जसनुसार अमेरिकी डलर...

समतामूलक समृद्धिका लागि नयाँ राजनीतिक मोडेल आवश्यक : बस्नेत
समतामूलक समृद्धिका लागि नयाँ राजनीतिक मोडेल आवश्यक : बस्नेत
  • २०७८ बैशाख १०

कोशीपारी अनलाइन मंसिर २२, काठमाण्डौं धनगढी । गतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य वीरेन्द्र बहादुर बस्नेतले देशलाई समतामूलक समृद्धितर्फ उन्मुख गराउन...

TOP