कोशीपारी अनलाइन संवाददाता
असोज ६, काठमाण्डौं
सुर्खेत । जुम्लाको गुठिचौर गाउँपालिकामा प्याराग्लाइडिङ महोत्सव सुरु भएको छ । गुठिचौर गाउँपालिकाले आयोजना गरेको महोत्सव गुठिचौर पाटनमा सञ्चालन गरिएको छ ।
जुम्लाको पर्यटकीय सम्भावना उजागर गर्न आयोजना गरिएको महोत्सवले यहाको पर्यटकीय सम्भावनालाई मुलुकभर चिनाउने छ । महोत्सव उद्घाटन गर्दै गुठिचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाले साहसिक पर्यटनको नक्सामा राख्ने गुठिचौरलाई राख्ने अवसर भएको बताए । पर्यटकले आकाशबाट स्याउ बगान, हरियाली बन, हिमश्रृङ्खला र स्थानीय गाउँघरको मनमोहक दृश्य हेर्ने पाउने उनले बताए ।
असोज ११ सम्म सञ्चालन हुने प्याराग्लाइडिङ महोत्सवमा पोखरा, स्याङ्जा र सुर्खेतका गरेर १२ जना चालक गुठिचौर आइपुगेका छन् । अघिल्लो बर्ष दुई सय ३४ उडान भरिएको महोत्सवमा वर्ष दुई सय ५० भन्दा धेरै उडान भर्ने लक्ष्य लिईएको अध्यक्ष बुढाले बताए । “प्याराग्लाइडिङ महोत्सवमा सहभागिता जनाउने पर्यटकले २० देखि ३० मिनेटसम्म प्रशिक्षित पाइलटको साथमा सुरक्षित उडान भरिने छ“ उनले भने ।
प्याराग्लाईडिङका लागि स्थानीयलाई तीन हजार पाँच सय रुपैयाँ र पालिका बाहिरका पर्यटकका लागि चार हजार पाँच सय रूपैया निर्धारण गरिएको छ ।
महोत्सवले गाउँपालिकाको पर्यटन बिकासका लागि महत्वपूर्ण योगदान पुर्याउने गाउँपालिका उपाध्यक्ष शान्तिकुमारी मल्ल (भण्डारी)ले बताईन् कर्णालीका पहाड, वन र हिमाललाई आकाशबाट हेर्ने सुनौलो अवसर भएको उनको भनाई छ ।
“महोत्सवले साहसिक पर्यटन प्रवद्र्धनसँगै स्थानीय रोजगारी सिर्जना, उद्यमशीलता विस्तार र गाउँपालिकाको आर्थिक गतिविधिमा प्रत्यक्ष टेवा पुर्याउने अपेक्षा गरिएको छ“ उनले भनिन् ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माया लक्ष्मी बुढाले पर्यटनमैत्री गन्तव्यको रूपमा अघि बढ्न लागेको र जुम्लाको पहिचान बदल्ने सम्भावना बोकेको बताईन् । ‘स्याउको रस, हिमालको दृश्य, र आकाशको छातीमा उड्ने साहसिकता उडानको मज्जा एकैसाथ लिन सकिने महोत्सवले कर्णालीको पर्यटकीय सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकलाई आकर्षित गर्ने छ’ उनले भनिन्।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...