२०८३ बैशाख ३
April 16, 2026, Thursday

कर्णाली प्रदेशको एक चिनारी

कर्णाली प्रदेशको एक चिनारी

 

कर्णाली भन्ना साथ् आम जन जिव्रो र मानसिकतामा भोक प्यास र गरिबी झुण्डिएको छ। तर वास्तविक कर्णालीलाई , मनन गर्ने हो भने एक पटक पुगेर अनुभव गर्छौ भन्ने जो सुकैको मनमा लाग्न सक्छ र लाग्नु पर्छ । कर्णाली एउटा प्राचिन सभ्यता हो । तामाम जडिबुटीको भण्डार हो ठूला ठूला शहरहरको मानव सभ्यताको विकास नदी संग जोडीएको हुन्छ । यस्तै नेपालको पुरानो सभ्यता कर्णाली हो र यो कर्णाली नदी संग जोडीएको छ । कर्णालीको सभ्यता मानव सभ्यता र संस्कृति संग जोडीएको छ ।समयको परिवर्तन संगै कर्णाली ले पनि बिकास र परिवर्तन को स्वाद चाख्दै अगि बढी रहेको छ । हिजोको कर्णाली देख्ने हाम्रा आँखा हरुले यहाँका कालीकोट, जुम्ला, मुगु र डोल्पामा गाडी गुडीसकेको देखेका छन् । जडी बुटिले आफ्नो पहिचान पाएका छन् र बिस्व बजारमा कर्णालीका अर्गानिक जडीबुटिले समुचित स्थान पाएमा कर्णालीको अर्थतन्त्रमा उलेख्य सुधार आउने सम्भाना बढेर गएको छ।

संघियता पछि प्रदेश नम्बर छ मा पर्नी कर्णाली मा रूकुम (पश्चिम भाग), सल्यान, डोल्पा ,जुम्ला, मुगु, हुम्ला ,कालीकोट, जाजरकोट , दैलेख सुर्खेत गरि जम्मा १० वटा जिल्ला रहेका छन् । कर्णालीमा स्थानिय तहको संख्या ७९ रहेको छ। कर्णालीमा मुख्य मन्त्रि महीन्द्र बहादुर शाही को नेतृत्वमा स्वतन्त्र प्रदेश मन्त्रि मण्डल छ। कर्णालीको भौगोलिक सिमाना नेपालकै अन्य प्रदेश र चिन संगमात्र जोडिएको छ। जनसंख्या मा सबै भन्दा सानो तथा भूगोलमा सबै भन्दा ठुलो प्रदेशको स्वरुपमा कर्णाली रहेको छ।

कर्णाली प्रदेश मुलुककै एक अनुपम क्षेत्र हो, जहाँ सम्भावनाले अवसर दिएको छ । बाँच्ने आधार दिएको छ । लगानीका अभावमा कर्णालीका थुप्रै सम्भावनाले टुलु टुलु हेरिरहेका छन । यस अर्थमा हेर्दा अब कर्णालीमा आएर दु:खका गीत होइन समृद्धिका गीत लेख्न बाध्य बनाउने अवस्था सिर्जना गर्नु अहिलेको आवश्यकता हो । जस्तो एक मात्र उदाहरण दिउँ कर्णालीलार्इ जल विद्युत उत्पादनको क्षेत्रका रूपमा विकास गर्न सकिने थुप्रै आधार छन । कर्णाली हुम्ला हुँदै बग्ने हुम्ला कर्णाली, डोल्पा हुँदै बग्ने भेरी र जुम्ला हुँदै बग्ने तीला नदीको पानीको उपयोग गरेर विद्युत हवको रूपमा विकास गर्न सकिने आधार छन । त्यस्तै कर्णालीको पर्यटन सम्भावनामा मात्रै लगानी गरे समृद्धि कुर्ने  नपर्ने  स्थिति आउछ । कर्णालीमा संचित जातीय ,धार्मिक , तथा भाषिक बिभिद्ता लाई यहाको पहिचानको रुपमा अघि बढाउँन सकिन्छ ।

 

 

Related News

त्रिशूलीमा ५०औं अन्तर्राष्ट्रिय राफ्टिङ महोत्सव सम्पन्न, जल पर्यटन प्रवद्र्धन र नदी संरक्षणमा जोड
त्रिशूलीमा ५०औं अन्तर्राष्ट्रिय राफ्टिङ महोत्सव सम्पन्न, जल पर्यटन प्रवद्र्धन र नदी संरक्षणमा जोड
  • २०७८ आश्विन २०

कोशीपारी अनलाइन फागुन २८, काठमाण्डौं नेपालको साहसिक तथा नदीमा आधारित पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको ५०औँ अन्तर्राष्ट्रिय ह्वाइटवाटर राफ्टिङ...

आजको मौसम : बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागमा हल्का वर्षा र हिमपातको सम्भावना
आजको मौसम : बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागमा हल्का वर्षा र हिमपातको सम्भावना
  • २०७८ आश्विन २०

कोशीपारी अनलाइन फागुन १३, काठमाण्डौं हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । हाल बागमती र गण्डकी...

नेपाल पर्यटन बोर्ड र चलचित्र विकास बोर्डबीच समझदारी पत्रमा हस्ताक्षर
नेपाल पर्यटन बोर्ड र चलचित्र विकास बोर्डबीच समझदारी पत्रमा हस्ताक्षर
  • २०७८ आश्विन २०

कोशीपारी अनलाइन माघ २९, काठमाण्डौं नेपाल पर्यटन बोर्ड र चलचित्र विकास बोर्डबीच चलचित्र पर्यटनसँग सम्बन्धित कार्यक्रमहरुको सहकार्य गर्ने सम्बन्धमा समझदारी...

TOP