२०८२ कार्तिक २८
November 14, 2025, Friday

सर्वोत्तम सिमेन्टले विशेष सभा बोलायो, के छन् त एजेण्डा ?

सर्वोत्तम सिमेन्टले विशेष सभा बोलायो, के  छन्  त एजेण्डा  ?

कोशीपारी अनलाईन

२०७८ जेष्ठ २६, काठमाडौं : बुक बिल्डिङ विधिबाट आइपीओ जारी गर्ने तयारीमा रहेको सर्वोत्तम सिमेन्टले असार १० गते विशेष साधारण सभा बोलाएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको १९.११८% बोनस सेयर र कर तिर्न १.००६% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । बोनसपछि पुँजी वृद्धि हुने भएकाले सोही अनुसार सेयरधनीहरुको पुँजी अनुपात मिलान गर्ने प्रस्ताव पनि सभामा लैजाने छ ।  यस्तै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि छ । विशेष सभा काठमाडौं तिनकुनेस्थित न्यौपाने टावरको पाँचौं तल्लाको हलमा बिहान ११ बजे सुरु हुनेछ । सर्वोत्तम सिमेन्टको हाल चुक्ता पुँजी ३ अर्ब ४० करोड रुपैयाँ छ । सोही पुँजीको १९.११८% अर्थात ६५ करोड रुपैयाँ बराबरको बोनस वितरण गर्न लागेको हो । प्रस्तावित बोनस वितरण भएमा सर्वोत्तमको चुक्ता पुँजी ४ अर्ब ५ करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीको माघ ६ गते सम्पन्न साधारण सभाले बुक बिल्डिङ विधिबाट ६० लाख कित्ता आइपीओ  निष्काशन गर्ने प्रस्ताव पारित गरिसकेको छ भने जसमध्ये ४०% अर्थात् २४ लाख कित्ता योग्य संस्थागत लगानीकर्ताका लागि छुट्याइने कम्पनीले जनाएको छ । बाँकी रहेको ३६ लाख कित्तामध्ये ८ लाख कित्ता स्थानीयबासी, ३ लाख कित्ता कर्मचारी र २५ लाख कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन्  । सर्वोत्तम सिमेन्टको रेटिङ पनि सम्पन्न भइसकेको छ ।

रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीलाई इक्राएनपी–आइआर त्रिपल बी प्लस रेटिङ प्रदान गरेको छ । यसले वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा कम्पनीको अवस्था मध्यम रहेको जनाउँछ । सर्वोत्तम सिमेन्टले प्रतिकित्ता सेयरको मूल्य ७५० रुपैयाँ निर्धारण गरेको छ । यो कम्पनीको आन्तरिक मूल्यांकन हो । बुक बिल्डिङ विधिका विभिन्न चरण पार गरी अन्तिममा आइपीओ जारी गर्न स्वीकृत मूल्य फरक पर्नसक्छ ।

Related News

नेप्से २०.५६ अंकले घटयो, कारोबार रकममा सामान्य सुधार
नेप्से २०.५६ अंकले घटयो, कारोबार रकममा सामान्य सुधार
  • २०७८ जेष्ठ २६

कोशीपारी अनलाइन कात्तिक २६, काठमाण्डौं बुधबार नेप्से परिसुचक २०.५६ अंकले घटेर २५४४.५९ विन्दुमा झरेको छ । यसअघि मंगलबारको बजारमा नेप्से...

नेप्सेमा सामान्य करेक्सन, लगातार तीन दिनको वृद्धि रोकियो
नेप्सेमा सामान्य करेक्सन, लगातार तीन दिनको वृद्धि रोकियो
  • २०७८ जेष्ठ २६

कोशीपारी अनलाइन कात्तिक १२, काठमाण्डौं पछिल्ला तीन कारोबार दिनदेखि उकालो लाग्दै आएको नेप्से परिसूचक बुधबार सामान्य करेक्सनसहित घटेर बन्द भएको...

श्री नगर एग्रीटेकको आईपीओ आज बाँडफाँड हुँदै
श्री नगर एग्रीटेकको आईपीओ आज बाँडफाँड हुँदै
  • २०७८ जेष्ठ २६

कोशीपारी अनलाइन कात्तिक १२, काठमाण्डौं श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडको आइपीओ आज बाँडफाँड हुने भएको छ । आज बिहान साढे १०...

TOP