२०८३ बैशाख १७
April 30, 2026, Thursday

सर्वोत्तम सिमेन्टले विशेष सभा बोलायो, के छन् त एजेण्डा ?

सर्वोत्तम सिमेन्टले विशेष सभा बोलायो, के  छन्  त एजेण्डा  ?

कोशीपारी अनलाईन

२०७८ जेष्ठ २६, काठमाडौं : बुक बिल्डिङ विधिबाट आइपीओ जारी गर्ने तयारीमा रहेको सर्वोत्तम सिमेन्टले असार १० गते विशेष साधारण सभा बोलाएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको १९.११८% बोनस सेयर र कर तिर्न १.००६% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । बोनसपछि पुँजी वृद्धि हुने भएकाले सोही अनुसार सेयरधनीहरुको पुँजी अनुपात मिलान गर्ने प्रस्ताव पनि सभामा लैजाने छ ।  यस्तै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि छ । विशेष सभा काठमाडौं तिनकुनेस्थित न्यौपाने टावरको पाँचौं तल्लाको हलमा बिहान ११ बजे सुरु हुनेछ । सर्वोत्तम सिमेन्टको हाल चुक्ता पुँजी ३ अर्ब ४० करोड रुपैयाँ छ । सोही पुँजीको १९.११८% अर्थात ६५ करोड रुपैयाँ बराबरको बोनस वितरण गर्न लागेको हो । प्रस्तावित बोनस वितरण भएमा सर्वोत्तमको चुक्ता पुँजी ४ अर्ब ५ करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीको माघ ६ गते सम्पन्न साधारण सभाले बुक बिल्डिङ विधिबाट ६० लाख कित्ता आइपीओ  निष्काशन गर्ने प्रस्ताव पारित गरिसकेको छ भने जसमध्ये ४०% अर्थात् २४ लाख कित्ता योग्य संस्थागत लगानीकर्ताका लागि छुट्याइने कम्पनीले जनाएको छ । बाँकी रहेको ३६ लाख कित्तामध्ये ८ लाख कित्ता स्थानीयबासी, ३ लाख कित्ता कर्मचारी र २५ लाख कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन्  । सर्वोत्तम सिमेन्टको रेटिङ पनि सम्पन्न भइसकेको छ ।

रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीलाई इक्राएनपी–आइआर त्रिपल बी प्लस रेटिङ प्रदान गरेको छ । यसले वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा कम्पनीको अवस्था मध्यम रहेको जनाउँछ । सर्वोत्तम सिमेन्टले प्रतिकित्ता सेयरको मूल्य ७५० रुपैयाँ निर्धारण गरेको छ । यो कम्पनीको आन्तरिक मूल्यांकन हो । बुक बिल्डिङ विधिका विभिन्न चरण पार गरी अन्तिममा आइपीओ जारी गर्न स्वीकृत मूल्य फरक पर्नसक्छ ।

Related News

४७ अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट
४७ अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट
  • २०७८ जेष्ठ २६

कोशीपारी अनलाइन संवाददाता चैत्र १६, काठमाण्डौं शेयर बजारमा गिरावटको क्रम जारी रहँदा साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से सामान्य सुधारसहित बन्द, कारोबार रकम घट्यो
नेप्से सामान्य सुधारसहित बन्द, कारोबार रकम घट्यो
  • २०७८ जेष्ठ २६

कोशीपारी अनलाइन चैत्र ९, काठमाण्डौं साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। दिनभर अधिकांश समय...

नेप्से २३.८७ अंकले बढ्यो, कारोबार रकम १४ अर्ब नाघ्यो
नेप्से २३.८७ अंकले बढ्यो, कारोबार रकम १४ अर्ब नाघ्यो
  • २०७८ जेष्ठ २६

कोशीपारी अनलाइन फागुन २८, काठमाण्डौं साताको अन्तिम कारोबार दिन नेप्से परिसुचक बढेर बन्द भएको छ । अघिल्ला दुई कारोबार दिन...

TOP