कोशीपारी अनलाईन, काठमाडौं :
२०७८ जेठ १०
नेपाली शेयर बजारमा सोमबार नयाँ कीर्तिमान कायम भएको छ । यसअघिका सबै रेकर्डहरु ब्रेक गर्दै आज १३ अर्ब १७ करोड रुपैयाँ भन्दा बढीको सेयर खरिदबिक्री भएको हो । यसअघि गत बुधबार सबैभन्दा धेरै ११ अर्ब ९५ करोड ८० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो । तर सोमबार यो रेकर्ड पनि तोडिएको हो । नेप्से सूचक पनि ३.०७ अंकले बढेर अहिलेसम्मकै उच्चतम २८२३.०६ विन्दुमा आइपुगेको छ ।
आम लगानीकर्ताहरु उत्साहित हुँदा खरिदबिक्रीमा बढोत्तरी आएको देखिन्छ । व्यक्तिगत तथा संस्थागत लगानीकर्ताहरु अहिले सेयर बजारमा सक्रिय रहेका छन् । यसबाहेक यो सेयर बजारको सिजन पनि हो । सिजनमा बढी चहलपहल हुनुलाई स्वभाविक मान्न सकिन्छ । यसबाहेक चालु आर्थिक वर्ष सकिन करिब डेढ महिनाजति मात्र समय छ । यसअवधिमा विकास खर्च धेरै हुने अपेक्षा गर्न सकिन्छ ।
१३ मध्ये ५ समूहको सूचक वृद्धि भएको छ । वाणिज्य बैंक समूह पनि हरियो बनेको छ । निर्जीवन बिमा समूह र इन्भेष्टमेन्ट समूहमा बढी तेजी आएको छ । खरिदबिक्री रकममा १ अर्ब २६ करोड रुपैयाँभन्दा बढीसहित एचआइडीसीएल अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रोमा नेको इन्सुरेन्स र तेस्रोमा नेपाल पुनर्बिमा कम्पनी परेको छ । ४ कम्पनीको भाउ ९% भन्दा बढीले वृद्धि भएको छ ।
कोशीपारी अनलाइन संवाददाता चैत्र १६, काठमाण्डौं शेयर बजारमा गिरावटको क्रम जारी रहँदा साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...
कोशीपारी अनलाइन चैत्र ९, काठमाण्डौं साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। दिनभर अधिकांश समय...
कोशीपारी अनलाइन फागुन २८, काठमाण्डौं साताको अन्तिम कारोबार दिन नेप्से परिसुचक बढेर बन्द भएको छ । अघिल्ला दुई कारोबार दिन...