कोशीपारी अनलाईन
वैशाख २२, २०७८
काठमाडौं : अपि पावर कम्पनीले १:०.२९३८ अनुपातमा हकप्रद शेयर निष्काशनका लागि वैशाख २९ गते बुक क्लोज गर्ने भएको छ । अब वैशाख २८ गतेसम्म कायम शेयरधनीले मात्र अपि पावरको हकप्रद शेयरमा आवेदन दिन पाउनेछन् । कम्पनीले ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर बिक्री गर्न लागेको हो । यसको बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ ।

स्मरणीय छ कि हालसालै कम्पनीले २०७७ कात्तिक १४ गतेदेखि मंसिर ४ गतेसम्म ५६ लाख ७० हजार कित्ता (४७%) हकप्रद शेयर बिक्री गरेको थियो । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ९२ करोड ९७ लाख रुपैयाँ रहेको छ ।
कोशीपारी अनलाइन संवाददाता चैत्र १६, काठमाण्डौं शेयर बजारमा गिरावटको क्रम जारी रहँदा साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...
कोशीपारी अनलाइन चैत्र ९, काठमाण्डौं साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। दिनभर अधिकांश समय...
कोशीपारी अनलाइन फागुन २८, काठमाण्डौं साताको अन्तिम कारोबार दिन नेप्से परिसुचक बढेर बन्द भएको छ । अघिल्ला दुई कारोबार दिन...