२०८३ बैशाख ९
April 22, 2026, Wednesday

समता लघुवित्त वित्तीय संस्था लि., सिमरा, बाराको तेस्रो त्रैमास (Q3) रिपोर्ट प्रकाशित

समता लघुवित्त वित्तीय संस्था लि., सिमरा, बाराको तेस्रो त्रैमास (Q3) रिपोर्ट प्रकाशित

कोशीपारी अनलाईन
२०७८ वैशाख ११, काठमाण्डौ।
समता लघुवित्त वित्तीय संस्था लि., सिमरा, बाराले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमास (Q3) रिपोर्ट प्रकाशित गरेको छ जसमा ६ करोड ६० लाख रुपैयाँ नाफा कमाएको विवरण उल्लेख छ । उक्त नाफा गत वर्षको भन्दा ९५.०३% धेरै हो । गत वर्ष कम्पनीले ३ करोड ३८ लाख रुपैयाँ मात्र नाफा कमाएको थियो । त्यस्तै कम्पनीले खुद ब्याज आम्दानी पनि ६१.३०% ले बढाएर ११ करोड ६४ लाख रुपैयाँ पुर्याएको छ ।

कम्पनीले सञ्चालन नाफा पनि ५ करोड ३१ लाख रुपैयाँबाट बढाएर १० करोड ३७ लाख रुपैयाँ पुर्याएको छ । चैत मसान्तसम आइपुग्दा समताले ८२ करोड ७० लाख रुपैयाँ निक्षेप संकलन गर्दा २ अर्ब २३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

हाल यसको चुक्ता पुँजी २२ करोड ९३ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १३ करोड ५० लाख रुपैयाँ रहेको छ ।
कम्पनीको खराब कर्जा भने २.११% बाट बढेर ३.७५% भएको छ ।
प्रतिसेयर आम्दानी ३८ रुपैयाँ ३८ पैसा (वार्षिक) रहेको छ भने प्रतिसेयर नेटवर्थ भने १५८ रुपैयाँ ७६ पैसा छ ।

Related News

४७ अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट
४७ अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट
  • २०७८ बैशाख ११

कोशीपारी अनलाइन संवाददाता चैत्र १६, काठमाण्डौं शेयर बजारमा गिरावटको क्रम जारी रहँदा साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से सामान्य सुधारसहित बन्द, कारोबार रकम घट्यो
नेप्से सामान्य सुधारसहित बन्द, कारोबार रकम घट्यो
  • २०७८ बैशाख ११

कोशीपारी अनलाइन चैत्र ९, काठमाण्डौं साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। दिनभर अधिकांश समय...

नेप्से २३.८७ अंकले बढ्यो, कारोबार रकम १४ अर्ब नाघ्यो
नेप्से २३.८७ अंकले बढ्यो, कारोबार रकम १४ अर्ब नाघ्यो
  • २०७८ बैशाख ११

कोशीपारी अनलाइन फागुन २८, काठमाण्डौं साताको अन्तिम कारोबार दिन नेप्से परिसुचक बढेर बन्द भएको छ । अघिल्ला दुई कारोबार दिन...

TOP