२०८३ बैशाख १७
April 30, 2026, Thursday

मध्य भोटेकोशी जलविद्युत कम्पनिलाई आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डको अनुमति

मध्य भोटेकोशी जलविद्युत कम्पनिलाई आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डको अनुमति

कोशीपारी अनलाईन, काठमाडौँ- नेपाल धितोपत्र बोर्डले मध्य भोटेकोशी जलविद्युत कम्पनीलाई प्राथमिक शेयर आईपीओ निष्काशन गर्न अनुमति दिएको छ। बोर्डले कम्पनीलाई बैशाख ५ गते आईपीओ निष्काशन गर्न अनुमति दिएको हो।

त्यस अनुसार कम्पनीले आयोजना प्रभावित र सर्वसाधारणको लागि १ करोड ५० लाख कित्ता अर्थात १ अर्ब ५० करोड रुपैयाँ बराबरको शेयर निष्काशन गर्नेछ। याे कम्पनीकाे चुक्ता पूँजीकाे २५ प्रतिशत हाे ।

कम्पनीले चुक्ता पूँजीकाे १० प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर सिन्धुपाल्चोकका स्थानीयबासीलाई निष्काशन गर्ने छ भने सर्वसाधारणमा १५ प्रतिशत अर्थात ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता शेयर निष्काशन गर्नेछ।

कम्पनीले उक्त शेयर प्रत्याभूतिका लागि नागरिक लगानी कोषसँग सम्झौता गरिसकेको छ।

यस अघि कम्पनीले कर्मचारी सञ्चयकोषमा रकम सञ्चय गर्ने सञ्चयकर्ता, संस्थापक कम्पनी तथा ऋणदाता संस्थाका कर्मचारीहरुको लागि १ करोड ४४ लाख कित्ता शेयर निष्काशन गरिसकेकाे छ। सो शेयर कम्पनीले २०७५ पुस ४ गते बाँडफाँट गरेको थियो।

कम्पनीले सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत आयोजना निर्माण गरिरहेको छ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ।

Related News

४७ अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट
४७ अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट
  • २०७८ बैशाख ८

कोशीपारी अनलाइन संवाददाता चैत्र १६, काठमाण्डौं शेयर बजारमा गिरावटको क्रम जारी रहँदा साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से सामान्य सुधारसहित बन्द, कारोबार रकम घट्यो
नेप्से सामान्य सुधारसहित बन्द, कारोबार रकम घट्यो
  • २०७८ बैशाख ८

कोशीपारी अनलाइन चैत्र ९, काठमाण्डौं साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। दिनभर अधिकांश समय...

नेप्से २३.८७ अंकले बढ्यो, कारोबार रकम १४ अर्ब नाघ्यो
नेप्से २३.८७ अंकले बढ्यो, कारोबार रकम १४ अर्ब नाघ्यो
  • २०७८ बैशाख ८

कोशीपारी अनलाइन फागुन २८, काठमाण्डौं साताको अन्तिम कारोबार दिन नेप्से परिसुचक बढेर बन्द भएको छ । अघिल्ला दुई कारोबार दिन...

TOP