२०८३ बैशाख ५
April 18, 2026, Saturday

महँगियो पेट्रोलियम पदार्थको मूल्य

महँगियो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । सरकारले पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको भाउ हेरफेर गरेको छ।नेपाल आयल निगमले शनिबार एक विज्ञप्ति जारी गर्दै आइतबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोलको भाउ लिटरमा दुई रूपैयाँ र डिजेल र मट्टीतेलमा एक रूपैयाँ बढाएको जानकारी दिएको छ।

त्यस्तै हवाई इन्धन आन्तरिकतर्फ लिटरमा तीन रूपैयाँ र बाह्यतर्फ काठमाडौंका लागि प्रति किलोलिटर २२ अमेरिकी डलर घटेको छ।भारतीय आयल कर्पोरेसन (आइओसी) ले शनिबार पठाएको नयाँ मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो।

निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ। निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ।

पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन्।यो क्षेत्रमा अब पेट्रोलको भाउ १५६ रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ। डिजेल(मट्टीतेलको प्रतिलिटर १४० रूपैयाँ ५० पैसा पर्ने निगमद्धारा जारी विज्ञप्तिमा जनाइएको छ।

Related News

४७ अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट
४७ अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट
  • २०८२ जेष्ठ १८

कोशीपारी अनलाइन संवाददाता चैत्र १६, काठमाण्डौं शेयर बजारमा गिरावटको क्रम जारी रहँदा साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

निजी क्षेत्रको एकता बलियो बनाउन राजनीतिक सदस्यता त्यागौं : अञ्जन श्रेष्ठ
निजी क्षेत्रको एकता बलियो बनाउन राजनीतिक सदस्यता त्यागौं : अञ्जन श्रेष्ठ
  • २०८२ जेष्ठ १८

कोशीपारी अनलाइन चैत्र ९, काठमाण्डौं नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का वरिष्ठ उापाध्यक्ष तथा आगामी अध्यक्ष अञ्जन श्रेष्ठ श्रेष्ठले निजी...

नेप्से सामान्य सुधारसहित बन्द, कारोबार रकम घट्यो
नेप्से सामान्य सुधारसहित बन्द, कारोबार रकम घट्यो
  • २०८२ जेष्ठ १८

कोशीपारी अनलाइन चैत्र ९, काठमाण्डौं साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। दिनभर अधिकांश समय...

TOP