२०८२ कार्तिक २५
November 11, 2025, Tuesday

महँगियो पेट्रोलियम पदार्थको मूल्य

महँगियो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । सरकारले पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको भाउ हेरफेर गरेको छ।नेपाल आयल निगमले शनिबार एक विज्ञप्ति जारी गर्दै आइतबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोलको भाउ लिटरमा दुई रूपैयाँ र डिजेल र मट्टीतेलमा एक रूपैयाँ बढाएको जानकारी दिएको छ।

त्यस्तै हवाई इन्धन आन्तरिकतर्फ लिटरमा तीन रूपैयाँ र बाह्यतर्फ काठमाडौंका लागि प्रति किलोलिटर २२ अमेरिकी डलर घटेको छ।भारतीय आयल कर्पोरेसन (आइओसी) ले शनिबार पठाएको नयाँ मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो।

निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ। निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ।

पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन्।यो क्षेत्रमा अब पेट्रोलको भाउ १५६ रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ। डिजेल(मट्टीतेलको प्रतिलिटर १४० रूपैयाँ ५० पैसा पर्ने निगमद्धारा जारी विज्ञप्तिमा जनाइएको छ।

Related News

सोमबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
सोमबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
  • २०८२ जेष्ठ १८

कोशीपारी अनलाइन कात्तिक २४, काठमाण्डौं नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार...

पूर्वाधार विकासको लागि आन्तरिक पुँजी परिचालन आवश्यक : अध्यक्ष ढकाल
पूर्वाधार विकासको लागि आन्तरिक पुँजी परिचालन आवश्यक : अध्यक्ष ढकाल
  • २०८२ जेष्ठ १८

कोशीपारी अनलाइन कात्तिक २३, काठमाण्डौं नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले देशमा पूर्वाधार विकासका लागि आन्तरिक पूँजी परिचालन...

आज सुनचाँदीको मूल्य घट्यो
आज सुनचाँदीको मूल्य घट्यो
  • २०८२ जेष्ठ १८

कोशीपारी अनलाइन संवाददाता कात्तिक १९, काठमाण्डौं नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला १ हजार एक...

TOP