२०८३ बैशाख १७
April 30, 2026, Thursday

न्यादी हाइड्रोपावरको आईपीओमा आवेदनको आज अन्तिम दिन

न्यादी हाइड्रोपावरको आईपीओमा आवेदनको आज अन्तिम दिन

 

काठमाडौं : न्यादी हाइड्रोपावर लिमिटेडले साधारण शेयर (आईपीओ) का लागि आजसम्म आवेदन दिन पाइने छ । कम्पनीले सर्वसाधारणका लागि जारी गर्न लागेको २२ लाख ५० हजार कित्ता अर्थात २२ करोड ५० लाख रुपैयाँका लागि असोज १५ गतेदेखि आवेदन खुला गरेको थियो ।

सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने आज १९ गते अन्तिम दिन हो । सर्वसाधारणका लागि निष्काशनमा ल्याएको कुल शेयरमध्ये २ प्रतिशत अर्थात ४५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने २० लाख ९२ हजार ५०० कित्ता शेयरको लागि मात्रै सर्वसाधरणले आवेदन दिन सक्नेछन्।

कम्पनीले निष्काशन गरेको आईपीओलाई केयर रेटिङ्ग नेपालले ‘केयरएनपी डबल बी इस्यूअर’ रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीले वित्तीय दायित्व पुरा गर्न सक्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई बैंक रहेको छ । जस्को प्रत्याभूतकर्तामा नागरिक लगानी कोष रहेको छ ।

हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ९ करोड ५० लाख रुपैयाँ रहेको छ। स्थानियलाई १५ करोड रुपैयाँ, संस्थापक शेयरधनीहरुको लागि ३ करोड रुपैयाँ र सर्वसाधारणलाई २२ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ९ करोड ५० लाख रहेको छ । शेयर निष्काशनपछि चुक्ता पुँजी १ अर्ब ५० करोड पुग्ने भएको छ ।

Related News

४७ अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट
४७ अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट
  • २०७८ आश्विन १९

कोशीपारी अनलाइन संवाददाता चैत्र १६, काठमाण्डौं शेयर बजारमा गिरावटको क्रम जारी रहँदा साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

निजी क्षेत्रको एकता बलियो बनाउन राजनीतिक सदस्यता त्यागौं : अञ्जन श्रेष्ठ
निजी क्षेत्रको एकता बलियो बनाउन राजनीतिक सदस्यता त्यागौं : अञ्जन श्रेष्ठ
  • २०७८ आश्विन १९

कोशीपारी अनलाइन चैत्र ९, काठमाण्डौं नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का वरिष्ठ उापाध्यक्ष तथा आगामी अध्यक्ष अञ्जन श्रेष्ठ श्रेष्ठले निजी...

नेप्से सामान्य सुधारसहित बन्द, कारोबार रकम घट्यो
नेप्से सामान्य सुधारसहित बन्द, कारोबार रकम घट्यो
  • २०७८ आश्विन १९

कोशीपारी अनलाइन चैत्र ९, काठमाण्डौं साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। दिनभर अधिकांश समय...

TOP