काठमाडौं। यो वर्षको मदन पुरस्कार छुदेन काविमोको उपन्यास उरमालले हात पारेको छ ।आज बसेको मदन पुरस्कार गुठीको साधारण सभाले ‘उरमाल’लाई मदन पुरस्कार दिने निर्णय गरेको हो ।सभाले पाँच दशकदेखि लोकसंस्कृति क्षेत्रमा सक्रिय प्रेमदेव गिरीलाई ‘लोक भाका संकलन र संरक्षणमा विशिष्ट योगदान गरेबापत’ वर्ष २०८१ सालको जगदम्बा श्री अर्पण गर्ने निर्णय गरेको छ ।
गुठीका अनुसार, मदन पुरस्कार, २०८१ का लागि २९९ पुस्तक प्राप्त भएका थिए । तीमध्ये सात पुस्तक, उरमाल (छुदेन काविमो), छालबाटो कैलाशदेखि गंगासम्म (रमेश भुसाल), दर्ज्य संलाप (कुमारी लामा), पञ्चतत्त्वको पालाम (मनप्रसाद सुब्बा), बहुरूपी (श्रेयज सुवेदी), भिक्षु, व्यापार र विद्रोह : नेपालको भोट–चीन सम्बन्ध र भारत (सुधीर शर्मा) र हिउँको गीत (तीर्थ गुरुङ)’मदन पुरस्कार श्रेष्ठ सूची २०८१’का निम्ति छनोट भएका थिए ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...