२०८३ बैशाख १३
April 26, 2026, Sunday

हिमेशको ‘स्वर्णकथा नेपाली फुटबलको ‘ लोकार्पित

हिमेशको ‘स्वर्णकथा नेपाली फुटबलको ‘ लोकार्पित

काठमाडौं । खेल पत्रकार हिमेशरत्न बज्राचार्यद्वारा लिखित ‘स्वर्णकथा नेपाली फुटबलको’ पुस्तकको लोकार्पण गरिएको छ ।

आइतबार नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान राजुकाजी शाक्यले एक कार्यक्रमबीच पुस्तकको लोकार्पण गरे ।
पुस्तकमा नेपाली खेलकुद पत्रकारितामा करिब तीन दशक अनुभव बटुलिसकेका पत्रकार बज्रचार्यले सन् १९८४ मा दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले पहिलोपटक फुटबलतर्फ जितेको स्वर्ण पदकदेखि हालसम्मको फुटबल खेलको इतिहास समेटेका छन् ।

राजधानीमा आइतबार आयोजित उक्त लोकार्पण कार्यक्रममा नेपाल खेलकुद पत्रकार मञ्चका पूर्वअध्यक्ष अजय फुयाल, वर्तमान अध्यक्ष निरञ्जन अधिकारी, देशसञ्चार डटकमका प्रधान सम्पादक युवराज घिमिरे, अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राई, एट्लेटिक्स घावक सन्तोषी श्रेष्ठ, बुक हिल प्रकाशनका प्रकाशक भुपेन्द्र खड्का लगायतले पुस्तकको बारेमा चर्चा गरेका थिए ।
‘स्वर्णकथा नेपाली फुटबलको’ नेपाली फुटबलको एक शताब्दी लामो इतिहास समेटिएको पुस्तक हो ।

कृति बुक हिल प्रकाशनले प्रकाशित गरेको हो ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०८२ जेष्ठ १८

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०८२ जेष्ठ १८

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०८२ जेष्ठ १८

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP