काठमाडौं । साहित्यकार वियोगी बुढाथोकीको पाँचौँ नियात्राकृति ‘समयले जुटाएको चिटचिट’ एक कार्यक्रमबीच लोकार्पण गरिएको छ । यो उनको अठारौं कृति हो ।
राजधानीमा मंगलबार आयोजित कार्यक्रममा प्रमुख अतिथि नियात्रा समाजका अध्यक्ष मोहन चापागाईं लगायतले उक्त कृति सार्वजनिक गरे ।
चापागाईंले कृति सार्वजनिक गर्दै वियोगीका नियात्राहरूमा मानवीकरण भेटिने वताए। उनले साहित्यकारको व्यक्तित्व तिनका कृतिमा भेटिने बताउँदै कृति विभिन्न रोचक प्रसंग र कविता तथा गजलहरूले सजिएको बताए ।कृतिमाथि समीक्षात्मक टिप्पणी गर्दै प्रा.कपिल अज्ञातले वियोगीका नियात्रामा निजात्मक अनुभूति र सन्देशले भरिएको बताए।अर्का समीक्षक अनुपमा रेग्मीले कृति माथि वृहद समीक्षा गर्दै वियोगीका नियात्रामा अनुभूति र अभिव्यक्ति गहन रूपमा आएको बताइन् ।
कृतिकार बुढाथोकीले यो कृति आउनुको अन्तर्य सहित लेखकीय मन्तव्य व्यक्त गरे।शुभकामना मन्तव्य व्यक्त गरे ।कार्यक्रममा सर्जकहरू श्रीओम रोदन, प्रोल्लास सिन्धुलीय, भवानी खतिवडा, केशव पराजुली,सोझो गाउँले लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।
प्रकाश घायलको सञ्चालनमा भएको उक्त कार्यक्रमको अध्यक्षता विष्णुबहादुर सिंहले गरेका थिए ।शिवपुरी साहित्य समाज,शिवपुरी सन्देश त्रैमासिकको आयोजनामा उक्त कार्यक्रम भएको हो । नियात्राकृति भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...