बैतडी- बैतडीमा होली खेल्न जिल्ला प्रशासन कार्यालयले रोक लगाइएको छ ।
भारतसँग सिमाजोडिएको जिल्ला भएकाले कोरोना संक्रमणको जोखिम बढ्ने भन्दै होली खेल्न रोक लगाएको हो ।
यस्तै घरबाहिर निस्कदा अनिवार्य मास्क प्रयोग गर्न भनिएको छ । मास्क प्रयोग नगरेको पाइएमा संक्रामक रोग ऐन बमोजिम कारवाही गरिने प्रशासनले जनाएको छ ।
भारतसँग सीमा जोडिएकाले नाका भएर आउने नागरिकमा कोरोना संक्रमण हुनसक्ने भन्दै हेल्थ डेस्क सञ्चालन गरेर एन्टीजोन विधिमार्फत परीक्षण गर्न थालिएको छ ।
भिडभाड भएको ठाउँमा जानुपरेमा अनिवार्य मास्क प्रयोग गर्नुपर्ने, भौतिक दूरी कायम गर्नुपर्ने, सेनिटाइजर प्रयोग गर्नको लागि प्रशासनले निर्देशन दिएको छ ।
पहिले सञ्चालनमा आएका क्वारेन्टाइन, आइसोलेसन कक्षलाई तयारी अवस्थामा राखी स्वास्थ्य केन्द्रको सेवालाई थप प्रभावकारी बनाउन आवश्यक तयारी समेत गरिएको छ ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...