कोशीपारी अनलाइन
फागुन २४, काठमाण्डौं
काभ्रे क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका मधुकुमार चौलागाईँ विजयी भएका छन् । उनले २९, ६१८ मत प्राप्त गरेका छन् । उनका निकतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गुणराज मोक्तानलाई १० हजार ४५२ मतान्तरले पराजित गर्दै जित हासिल गरेका हुन् । अन्तिम मत परिणाम अनुसार चौलागाईले २९ हजार ६१८ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका गुणराज मोक्तानले १९,१६६ मत पाएका छन् । त्यसै गरि नेपाली कम्युनिस्ट पार्टीका दिनानाथ गौतमले १४, १८४ प्राप्त गरेका छन् ।
एमालेका अमित लामाले १३,८१४, उज्यालो नेपाल पार्टीका योगेन्द्र लामाले ७,४०३ प्राप्त गरेका छन्। अघिल्लो निर्वाचनमा यो क्षेत्रमा तत्कालीन माओवादी केन्द्रका सूर्यमान दोङले जितेका थिए ।
काभ्रे क्षेत्र नंं १ मा बाट प्रतिनिधिसभामा निर्वाचित चौलागाई लामो समय देखि कानुनी क्षेत्रमा लग्न रहँदै आएका छन् । उनी चौरीदेउराली गाउँपालिका वडा नं.५ का स्थानीय बासिन्दा हुन् ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...