२०८३ बैशाख १५
April 28, 2026, Tuesday

छठ लगत्तै मुख्यमन्त्री सोनलले विश्वासको मत लिने तयारीमा

छठ लगत्तै मुख्यमन्त्री सोनलले विश्वासको मत लिने तयारीमा

कोशीपारी अनलाइन संवाददाता
कात्तिक ७, काठमाण्डौं

रौतहट । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिने तयारीमा जुटेका छन ।
मधेस प्रदेशको सत्ता गठबन्धनमा रहेका दलहरू बिच रौतहटको चन्द्रनिगाहपुरमा शुक्रबार भएको छलफलमा छठ पर्व सकिएलगत्तै प्रदेशसभाबाट विश्वासको मत लिने तय भएको हो ।जसपा नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), लोसपा र नेकपा (एकीकृत समाजवादी) लगायतका दलका नेतासंग विश्वासको मत र मधेश प्रदेश सरकार विस्तार लगायतका विषयमा छलफल भएको नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता युवराज भट्टराई ( समिर) ले बताए । उनका अनुसार चाडपर्वका कारण मुख्यमन्त्री सोनललाई तत्काल विश्वासको मत लिने अवस्था नरहेको हो । हाल विश्वासको मत लिने प्रक्रिया केही दिन पछाडि धकेलिएको भए पनि, बाहिर हल्ला भएजस्तो सरकार विश्वासको मत लिन असमर्थ हुने अवस्था भने नरहेको उनको जिकिर छ ।
उनी गत असोज २९ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।
जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नेकपा (एकीकृत समाजवादी) को समर्थनमा सरकार गठन गरेका हुन् । नेपालको संविधानअनुसार, मुख्यमन्त्रीले नियुक्तिपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ।मधेश प्रदेशसभामा कुल १०७ सदस्य छन् र सरकार बनाउन ५४ मत आवश्यक पर्छ ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०८२ कार्तिक ७

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०८२ कार्तिक ७

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०८२ कार्तिक ७

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP