कोशीपारी अनलाइन
कात्तिक ७, काठमाण्डौं
रौतहट । रौतहटको चन्द्र्पुरमा रहेको एक टायल तथा ब्लक उद्योगमा आगोलागी भएको छ । चन्द्रपुर नगरपालिका–४ मा रहेको घिमिरे टायल तथा ब्लक उद्योगमा शुक्रवार बिहान आगलागी भएको हो ।
उद्योगभित्र अचानक आगो र धुवाँको मुस्लो स्थानीयवासीले देखेपछि आगलागी भएको थाहा भएको प्रहरीले जानकारी दिएको । स्थानीयवासीका अनुसार बिहानै उद्योगभित्र अचानक आगो लागेको भएपनि के कारणले लागेको थाहा नभएको बताएका छन । आगलागी फैलिन नदिनका लागि स्थानीय बासिन्दा र उद्योगका कामदारहरू मिलेर आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्।अहिले घटनास्थलमा चन्द्र्पुर नगरपालिकाको दमकल सहितको टोली घटनास्थालमा पुगेको छ । आगलागीको कारण अहिले सम्म खुल्न नसकेको र यसबाट भएको क्षतिको यकिन विवरण आउन बाँकी रहेको इलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरले जनाएको छ । आगो नियन्त्रणमा आएपछि क्षतिको विवरण संकलन गरिने प्रहरीले जानकारी दिएको छ । आगोलागीबाट मानविय क्षति नभएको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...