२०८३ बैशाख १५
April 28, 2026, Tuesday

जेन–जी समूहले पूर्वप्रधानमन्त्री र नेताहरूलाई पक्राउको लागि दिएको जाहेरी प्रहरीद्वारा अस्वीकार

जेन–जी समूहले पूर्वप्रधानमन्त्री र नेताहरूलाई पक्राउको लागि दिएको जाहेरी प्रहरीद्वारा अस्वीकार

कोशीपारी अनलाइन संवाददाता
असोज २१, काठमाण्डौं

सुदन गुरुङको नेतृत्वमा रहेको जेन–जी समूहले पूर्वप्रधानमन्त्री तथा प्रमुख दलका नेताहरूलाई पक्राउ गर्न माग गर्दै दिएको जाहेरी प्रहरीले अस्वीकार गरेको छ ।
मंगलबार जिल्ला प्रहरी परिसर काठमाडौँले प्रधानमन्त्रीबाट लिखित जवाफ नआएसम्म जाहेरी दर्ता गर्न नसकिने भन्दै समूहलाई फर्काएको हो।
परिसरबाट बाहिरिने क्रममा समुहका युवा ओजस्वी थापाले भोली र पर्सि गर्ने भनिएको जेनजी आन्दोलनमा आफूहरुको कुनै संलग्नता नरहेको स्पष्ट पारे । हिजोको सरकारले दमन गरेर चाहिँदै नचाहिएको रक्तपात दिएको भन्दै उनले अब फेरी त्यो रक्तपात आफूहरुले नचाहेकोले आन्दोलनमा आफूहरुको सहभागीतालाई लिएर भ्रममा नपर्न आग्रह गरे ।
उनले भने,‘अक्टोबर ८र९ मा हामीले कुनैपनि तरिकाले बाढोमा उत्रेर आन्दोलन गर्ने कुनै योजना छैन् । हाम्रो देशलाई रक्तपात पुगिसकेको छ । हामीलाई रक्तपात चाहिएको छैन् । हिजोको सरकारले दमन गरेर चाहिँदै नचाहिएको रक्तपात दियो । धेरै वर्षपछि सबै नेपालीहरु एउटै झण्डामुनि साझा हिसाबले बस्न पाएका छन् । भ्रम छर्ने काम गरिरहेका छन् । भोली या पर्सि हाम्रो कुनै किसिमको कार्यक्रम छैन् ।’
त्यस्तै उनले देशमा सुशासन कायम नभएसम्म कानुन र सरकारलाई आफ्‌नो हिसाबले काम गर्न दिएर आनन्दले घरमा बस्न सबैलाई अपिल गरे ।
‘जबसम्म देशमा सुशासन कायम हुँदैन् । देशको भविष्य बन्दैन् तबसम्म आग्रह घरमा आनन्दले बस्नुहोस् । कानुन र सरकारलाई आफ्‌नो हिसाबले काम गर्न दिनुहोस्,’ उनले भने ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०८२ आश्विन २१

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०८२ आश्विन २१

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०८२ आश्विन २१

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP