कोशीपारी अनलाइन संवाददाता
असोज १, काठमाण्डौं
बुङ्गल हाइड्रोपावर लिमिटेडले थप सर्वसाधारण लगानीकर्तामा जारी गरेको आईपीओको बाँडफाँड भोली बिहीवार हुने भएको छ । आईपीओ बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेडले बिहीवार बिहान ९ः३० बजे बाँडफाँड प्रक्रिया सञ्चालन गर्ने जनाएको छ ।
कम्पनीले भदौ १६ देखि १९ गतेसम्म १७ लाख १ हजार ५०० कित्ता शेयर थप सर्वसाधारणमा जारी गरेको थियो । यस आधारमा करिब १ लाख ७० हजार १५० जनाले १० कित्ताका दरले शेयर प्राप्त गर्नेछन् ।
यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि समेत आईपीओ निष्कासन र बाँडफाँट गरिसकेको छ । नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त कुल २९ लाख ५ हजार कित्ता शेयरमध्ये ८ लाख ३० हजार ८२४ कित्ता आयोजना प्रभावित स्थानीयहरूलाई र २ लाख ७ हजार ५०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई वितरण गरिसकिएको छ । साथै १ लाख ३ हजार ७५० कित्ता सामूहिक लगानी कोषहरूलाई र ६२ हजार २५० कित्ता कर्मचारीहरूलाई बाँडफाँड गरिएको हो ।
बुङ्गल हाइड्रो लिमिटेडले १०.७ मेगावाट क्षमताको माथिल्लो सानिगाड जलविद्युत आयोजना निर्माण सम्पन्न गरिसकेको छ । २०८० भदौ २ गतेदेखि यस आयोजनाबाट व्यापारिक उत्पादन सुरु भएको हो। कुल लागत ३ अर्ब २ करोड ३६ लाख ३८ हजार ४८३ रुपैयाँ रहेको यस आयोजना निर्माणको प्रतिमेगावाट लागत २८ करोड २५ लाख ८३ हजार ३५ रुपैयाँ परेको कम्पनीले जनाएको छ ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...