कोशीपारी अनलाइन संवाददाता
भदौ २४, काठमाण्डौ
नयाँ पुस्ताका युवा (जेनजी)हरुले कर्फ्यु आदेश अवज्ञा गर्दै आज बिहानैदेखि प्रदर्शन सुरु गरेका छन् । उनीहरु नयाँबानेश्वरको संसद भवन अगाडि भेला भएर प्रदर्शनमा उत्रिएका हुन् ।
हिजो १९ जना युवाको ज्यान गएपछि आक्रोशमा रहेका उनीहरुका साथी र आफ्न्तहरुले सरकारको विरोध गर्दै प्रदर्शन गरिरहेका छन् । जेनजीको पदर्शनमा भएको दमनले सर्वसाधरण जनताहरु समेत आक्रोश भएका छन् ।
मंगलबार बिहानै काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवन बाहिर सर्वसाधरण युवाहरु आक्रोशित मुद्रामा देखिएका हुन् ।
संसद भवन बाहिर रहेका प्रेम पोखरेलले प्रतिनिधि सभामा रहेका सांसदहरुले राजिनामा दिएर सडकमा आउने र नयाँ सरकार गठनको लागि अगाडि बढ्नुपर्ने बताए ।
उनले भने, ‘संसदमा प्रतिनिधित्व गर्ने सांसदहरुले राजीनामा दिएर सडकमा आउने र नयाँ सरकार गठनको लागि अगाडि बढाउनुपर्छ ।’ उनले थप भने,‘जेनजी पुस्ताका युवाहरुलाई आज पनि माइतीघर मण्डलामा आउनको लागि आव्हान गरिसकेको छ । म नेपाली सेनाको छोरा भएको हिसाबले पनि नेपाली सेनाका साथीहरुलाई यो भन्छु कि छोराहरुको बलिदान सम्झिनु पर्यो ।’
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...